पर्यटन

रमिते भ्युटावरको चर्चा



पाँचथर ।  जिल्लाको सदरमुकाम फिदिम बजार अवलोकन दृश्य निर्माण भएपछि यतिबेला आन्तरिक तथा बाह्रय पर्यटकको गन्तब्य स्थान बनेको छ । फिदिम नगरपालिका वडा नम्बर २मा आकषण सिडिमार्ग तथा भ्युटावर निर्माण भएर फिदिमको नजिकैको प्रमुख गन्तब्य स्थल भएको छ । त्यस स्थानबाट अवलोकन गरे सुन्दर मिनि उपत्यका फिदिम बजारले मनै लोभ्याउने गरीका अवलोकन गर्न सकिने आगन्तुकको भनाइ छ ।

नयाँशहर आयोजनाको कार्यालयबाट तिन करोड, नौलाख सर्तिस हजारमा भ्यु टावर र पर्यटन बोर्डको चार करोड रकमले फाल्गुनन्द सर्किट सिडि निर्माण भएको हो । एकान्त, शान्त वातावरणसंगै यहाँबाट पाँचथर, तेह्रथुम, ताप्लेजुङ, भनकुटा जिल्लाका सुन्दर गाउँबस्तीहर अवलोकन गर्न सकिने स्थल पनि भएको छ । त्यसैगरी मकालु, कन्चनजंङ्गा लगायतको मनमोहक हिम श्रृखलाहरु समेत देख्नसकि भएर अवलोकन स्थल बनाएको निर्माण सैयोजक एवं पुर्वबडाअध्यक्ष सुकपाल तुम्बापोको भनाइ छ ।

जिल्लामा एकसय बढि प्राकृतीक, धार्मिक तथा पुर्बाधार निर्माणका महत्वपुर्ण पर्यटकिय गन्तब्य स्थालहरु छन् । जिल्लामा पर्यटकीय पुर्बाधार बन्ने क्रम भने तिब्र छ । पर्यटक लोभ्याउन सकिने स्थानीय कला, संस्कृती, खानेकुराको परिकार र शान्त वातावरणमा अवलोकन गरेर स्थानीयबासीले पर्यटकबाट्र आयआर्जन गर्न सफल भएकाछन् भने नगरपालिकाले टिकट बिक्री गरेर आयआर्जन गरीइरहेको वडा अध्यक्ष दिननाथ अधिकारी बताउछन् ।

प्रकाशित : १६ जेष्ठ २०८३, आइतबार, ,