पाँचथर । पत्रकारिताको विकास र योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ पाँचथर शाखाले पाँच जना पत्रकारहरुलाई नगद सहित पुरस्कृत गरेको छ । वार्षिक साधारणसभाको अवसर पारेर फिदिममा आईतबार आयोजित कार्यक्रमका विभिन्न विधामा सक्रिय पत्रकारहरूलाई नगदसहित सम्मान गरिएको हो ।
लामो समय देखि पत्रकारितामा सक्रिय नेपाल पत्रकार महासंघका पूर्व उपसभापति हर्ष सुब्बालाई ३३ हजार ३ सय ३३ रुपैयाँ राशीको ‘स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

त्यसैगरी २५ हजार रुपैयाँ राशीको ‘फिदिम नगर विकास पत्रकारिता पुरस्कार’ पब्लिक टाइम्स साप्ताहिकका प्रकाशक तथा सम्पादक गणेश साम्पाङ पुरस्केत भएका हुन । १० हजार रुपैयाँ राशीका ‘स्व. प्रजापति–जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार’ पत्रकार उपेन्द्र येक्तेनलाई र ‘स्व. हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कार’ पत्रकार विष्णु अधिकारीलाई वितरण गरेको छ । ‘क्रियाशील महिला पत्रकार पुरस्कार’ पत्रकार ज्ञानु घिमिरेलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघ पाँचथर शाखा भिमकुमार बाँस्कोटाले बताए ।

कार्यक्रमका प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार केरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले, कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लाओती, हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रत्येक वर्ष पत्रकारहरूको हौसला अभिवृद्धि गर्न तथा पत्रकारिताको गुणस्तर वृद्धि गर्ने उद्देश्यले यस्ता सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्दै आएको नेपाल पत्रकार महासंघ पाँचथर शाखा अध्यक्ष बास्कोटाको भनाइ छ
















प्रतिक्रिया