पर्यटन

बषपार्क सुनसान



पाँचथर । संघीय सरकारको करिव दस करोड बढि लगानीमा निर्माण भएको बषर्पाक संचालन हुन सकेन । पटक पटक संचालनमा ल्याउने प्रयास गरिए पनि पाँचथर जिल्लाको फिदिम २, पल्लोटारमा बनेको बसपार्कमा सवारी साधनको चहलपहल भएन । बषर्पाक संचालनमा सम्बन्धीत निकायको फितलो प्रयासले सरकारको लगानी खेर गएको स्थानीयबासीको भनाइ छ । फिदिम नगरपालिकाले सुचारु गर्ने प्रयास पनि नियमीत हुन सकेन । पाँचौ पटक सुरु गर्र्ने प्रयासमा भने सवारी संचालहरुबाटै अटेर गरेर बषपार्क सुनसान भएको हो ।
सवारी साधन बिहिन बन्न पुगेको बषपार्कमा स्थानीयबासीले बिस करोड मुल्य बराबरको आठ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका थिए । फिदिम बजार भित्रै सवारी साधन पार्किङले पुनःबजार अस्तब्यस्त र जोखिम बढाउने गरि यातयात ब्यवसायीले अटेरी गरेपछि ट्राफिकको एक्लो प्रयासले मेची राजमार्ग सडक सवारी पार्किङ क्षेत्र हट्न सकेन ।
बसपार्क नराखी मेची राजमार्ग दाँयाबाँया सवारी साधन राखिन्दा पनि वडा जनप्रतिनिधि र सरोकारवाला मुख दर्सक बनेका छन् । बषपार्क सुनसान बनाएर मेची राजमार्गमै सबै सवारी साधन पार्क बनाउनदा पनि सरोकारवाला आफै अटेरी बनेकोे २ नम्बर वडा अध्यक्ष दिनानाथ अधिकारीले जानकारी दिनु भयो ।
नया सहरको रुपमा विकास हुदै गरेको फिदिम बजार भित्र सुन्दर शहरको वातावारण बनाउनको साटो अस्तब्यस्त बनाउन बजारबासी जुटि रहेकाछन् । सवारी धनी, ब्यबसायी, सुरक्षा निकाय र जनप्रतिनिधिले बसपार्क संचालनमा जुट्ने हो भने बषपार्कमा सवारी साधन पुग्ने थियो र सुन्दर फिदिम बजार थप आकर्षण बन्नुका साथै राजस्व संकलनमा थप प्रभावकारी हुने सरोकारवालहरुको भनाइ छ ।

प्रकाशित : १६ जेष्ठ २०८३, आइतबार, ,