पर्यटन

हेलिप्याड सर्बसाधरणको अवलोकन स्थल बन्दै



पाँचथर ।  फिदिम नगरपालिका २ ओदेनबासीले पाच रोपनी जग्गा निशुल्क उपलब्ध गराएर हेलिप्याड बनाइएको स्थान अवलोकन स्थल भएको छ । फिदिम नगरपालिकाको करिव दसलाख रकम लगानीमा हेलिप्याड बनेको थियो । आकस्मीत हेलिउडान अवतरण गर्ने स्थल अभावमा त्यहा बनेको हेलि स्थल आकर्र्षण भएर अवलोकन गर्ने स्थल भएको वडाअध्यक्ष दिननाथ अधिकारीले बताए ।
हेलिप्याड संचालनमा आएसंगै आन्तरिक पर्यटक चहलपहल बढेपछि स्थानीयबासीको आर्थिक सुधार हुन थालेकाछन् । पाँचथरमा आठ स्थानीय तहमा ६० वडाहरु छन् । गाउँपालिका केन्द्रमा तत्काल हेलिप्याड बनाउन आबस्यक हुनेभन्दै स्थानीय तहले  हेलिप्याड बनाउने अभियान सुरु भएको छ । सर्बसाधरणका लागि आवत जावतमा सहज हुनेगरि स्थानीय निकाय आफैले हेलिप्याड निमार्ण अभियान थालेको हो । मापडण्ड अनुसारको हेलिप्याड नहुदा बिपद, बिमारी र आन्तरिक तथा बाह्रय पर्यटक उडान  र अवतरण गर्न असहज खेप्नु परेको भन्दै हेलिप्याड बनाएको हो  ।
जिल्लामा हवाइजहान स्थाल समेत छैन । जिल्लाकै मापडण्ड अनुसारको एक मात्र हेलिप्याड नेपाली शेनाको विष्णुदल गणमा छ । शेनाको क्याम्पमा रहेको हेलिप्याडमा सर्बसाधरणका लागि सहजै उडान  र अवतरण गर्न नपाउने भएपछि  बजार क्षेत्रका लागि ओदेन डाडामा बनाइएको निवर्तमान वडाअध्यक्ष सुकपाल तुम्बापोको भनाइ छ ।
फिदिम नगरपालिका २ ओदेनबासीले पाच रोपनी जग्गा निशुल्क उपलब्ध गराएको स्थानमा हेलिप्याड बनाइएको हो । फिदिम नगरपालिको सातलाख सहयोगमा बनाइएको हेलिप्याडमा उडान  र अवतरण शुरु गरिएको हो । हेलिप्याड संचालनमा आएसंगै आन्तरिक तथा बाह्रय पर्यटक चहलपहल बढेपछि सर्बसाधरणको आर्थिक सुधार हुने अपेक्षा गर्नथालेकाछन् ।

प्रकाशित : १६ जेष्ठ २०८३, आइतबार, ,