समाचार

पालिकाको चारओटै पुल क्षती



पाँचथर। बनेको दुइ पक्की पुल प्रयोग गरेको बर्ष नबित्दै क्षती गरेर फाल्गुनन्द गाउँपालिकामा सडक सहज बन्न सकेन । पालिका केन्द्रसंग वडाहरु जोडिने गरीको बनेका पक्की पुलमा खोलाले धारनै परिवर्तन गरेर ति पुलहरु प्रयोगमा आउन सकेन । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको मध्यभागमा रहेको निबुखोलामा बनेका पक्की पुल क्षती भएको हो ।

त्यसै खेलामा बनेको दुइ झोलुङगे पुल समेत पुर्ण क्षती बनाएर निबुखोला वारपार गर्न कठिनाइ हुन थालेको छ । बर्षासंगै भेलबाढी आउन थालेर निवुुखोलामा बगाएका दुइ पक्की पुल र दुइ झोलुङगे पुलहरु बगाएर नागरिकलाई सास्ती हुन थालेको पालिका अध्यक्ष वृजहाङ आङदेम्बेले दुखेसो ब्यक्त गरेकाछन् ।

२०८२ सालको भेलबाढीले निबुखोलामा पर्ने एक, दुइ, चार, पाँच वडा आजतजावत हुने फेन्जेदोभान पुल र सोहि खोलाको १ र ६ वडा जाने माझिटारको पक्की पुल प्रयोग हुननसक्ने गरी क्षती भएको छ ।

त्यसैगरी दुइ नम्बर वडा र ४ नम्बर वडाबासी आवतजावत गर्ने निबुखोलाको साप्सुमा रहेको झोलुङगे पुल र वडा नम्बर एक र वडा नम्बर सातमा पर्ने निबुखोलाको नसुवा झोलुङग् पुल पुर्ण क्षती भएको छ । पुलहरु क्षतीले दैनिक जिवनयापन गर्न र खोला खेती गर्न तरिने पुलहरु बगाएर त्यस भेगका किसान निरास ब्यत्त गर्न थालेकाछन् ।

 

प्रकाशित : ६ जेष्ठ २०८३, बिहिबार, ,