पाँचथर । तिनै तह सरकारको लाखौ रकम लगानी गरेर सामुदायिक बिद्यालयको भौतिक सुधार गरेपनि शैक्षिक सुधार नभएको भन्दै बिद्यार्थी र अबिभाबहरुले गुनासो गर्न थालेकाछन् । हालैको एसइइ परिक्षामा नतिजा शुन्य ल्याएको फिदिम नगरपालिका २मा रहेको कालिका माविका सरोकारवालहरुले नतिजा प्रति आक्रोस ब्यक्त गर्न थालेकाछन् ।
कालिका माविमा आठजना एसइइ परिक्षामा सामेल भएका सबै फेल भएरपछि नगरपालिकाले सरोकारवालाहरु भेला गराएर शैक्षिक समस्या पहिचान गरी सुधारका अभियान सुरु गरेको हो । त्यस बिद्यालयमा पाँच र आठ कक्षामा पनि नतिजा कम्जोर आएपछि नगरका जनप्रतिधि र नगरशिक्षा शाखाका टोलिनै बिद्यालयको अनुगमन थालेको भनाइछ ।
यस पटक पनि पाँचथर जिल्लामा एसइइ परिक्षाफलको नतिजा सार्बजनिक हुदा ६ ओटा विद्यालयको उत्र्तीण शुन्य भएकाछन् । एसइइ नतिजा शुन्य ल्याउनेमा पाँच सामुदायिक र १ सस्थागत बिद्यालय रहेकाछन् । मिक्लाजुङ गाउँपालिकामा दुइ सामुदायिक र एक स्थागत बिद्यालयको नतिजा शुन्यछन् । जतिजा शुन्य ल्याएका बिद्यालयबाट क्रमस नतिजा कमजोर ल्याएका अन्यबिद्यालयहरु अनुगमन गरी सुधार अभियान सुरु भएको नगर प्रमुख मित्रप्रसाद काफ्ले बताएकाछन् ।
पाँचथर जिल्लामा आठ स्थानीय तहमा ९४ माध्यमिक बिद्यालयहरु यसपटक एसइइ परिक्षामा सामेल भएका थिइ । सामुदायीक ८४ र संस्थागत बिद्यालय १० ओटा रहेकाछन् । जिल्लामा २हजार ३७ जना परिक्षामा सहभागि रहेका मध्ये एकहजार पाँचजना मात्र उत्र्तीण भएकाछन् । एसइइ परिक्षामा कमजोर नतिजा ल्याउने बिद्यालय सुधार गर्न सबै पालिका जुटेका जनाएकाछन् ।















प्रतिक्रिया