पाँचथर । फिदिम नगरपालिकाको लुङरूपा आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीबाट सेवा दिनेगरी ३० गते बुधवार फिदिम ७ नाङ्लपामा आयुर्वेद औषधालय स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । फिदिम नगर पालिका का उप प्रमुख राधाकृष्ण न्यौपानेले गाउँ घर आधारभूत स्वास्थ्य केन्द्र तथा क्लिनिक किल्नीकसंगै रहेको भवनमा आयुर्वेद औषधालय यपचार सेवा केन्द्र उद्घाटन गर्नु भएको हो ।
प्रत्येक महिनाको ३० गते आयुर्वेद औषधालय सेवोका रुपमा आधारभूत स्वास्थ्य केन्द्र नाङ्लपाबाट सेवा प्रवाह हुनेछन् । आयुर्वेद स्वास्थ्य केन्द्र लुङरूपाका प्रमुख योग कुमार महतोका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्र नाडलपामा संचालन गरीएको जानकारी दिनुभयो ।
सोहि अवसरमा शिबिर संचालन गरी फिदिम ७ रानीटारका ३७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । स्थानीय खुशीहुदै फिदिम नगरपालिका वडा नं ७ का वडा सदस्य एवं आधारभूत स्वास्थ्य केन्द्रका उपाध्यक्ष भीमा कुमारी दुलाल, आधारभूत स्वास्थ्य केन्द्र नाङ्लपाका अनमी निशा तुम्वापो, फिदिम नगर पालिकाका कार्यपालिका सदस्य कामना राई, फिदिम ७ का वडा सदस्य प्रदिप बाँस्कोटा र स्वास्थ्य केन्द्र प्रमुख गणेश थेगिम लगायतले शुभ कामना मन्तब्य राख्नु भएका स्थानीय रामप्रसाद बाँस्कोटाले जनाएको छ ।















प्रतिक्रिया