इतिहास

केबलकार निर्माणको विरोध प्रदर्शन



काठमाडौँ। ताप्लेजुङ जिल्लास्थित धार्मिक तथा सांस्कृतिक स्थल मुक्कुमलुङ (पाथीभरा) केबलकार विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ।

याक्थुङ लिम्बु समुदाय र प्रकृति संरक्षण अभियन्ताहरूले केबलकार निर्माणको विरोधमा प्रदर्शन गरेका हुन । मुक्कुमलुङमा केवलकार निर्माणका नाममा मुन्धुमी शक्तिपीठ र प्राकृतिक नष्ट गरेको भन्दै निर्माण नगर्न माग गरेकाछन्।

निर्माण बन्द्र गर्न माग गर्दै प्रदर्शनकारीले ‘मुक्कुमलुङ बचाउ अभियान’ गरीरहेका छन्। मुक्कुमलुङ लिम्बू र किरात धर्मावलम्बीको पवित्र मुन्धुमी स्थल भएकाले भन्दै मौलिकता नष्ट गर्न नदिन त्यस ताप्लेजुङमा केबलकार बनाउँदा हजारौँ रुख विनास गरी स्थानीय जैविक विविधतामा असर परेको चिन्ता व्यक्त गरेकाछन्।

हातमा प्लेकार्ड र ब्यानर सहित उनीहरूले ‘हाम्रो मुक्कुमलुङ, हाम्रो पहिचान’, ‘केबलकार चाहिँदैन, मुक्कुमलुङ मास्न पाइँदैन’ जस्ता सास्कृति एवं प्रकृतिक संरक्षणका नाराहरू प्रदर्शन गरेका थिए। विरोध प्रदर्शनमा एक दर्जनबढि जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहभागिता रहेका किरात याक्थुङ चुम्लुङ महासचिव निरन्ती तुम्बापोले जनाएको छ ।

केबलकार निर्माणको विरोध प्रदर्शनमा किरात याक्थुङ चुम्लुङ अध्यक्ष गाबिन्द्र आङबुङ, निवर्तमान अध्यक्ष प्रम एक्तेन, प्रा. डा( महेन्द्रसुन्दर लावती, अभियानका नेता डकेन्द्रसि थेगिक, महिला नेतृ सरु सिगक लगायका दजैनौ अभियान्ताहरु सहभागि भएका थिए ।

प्रकाशित : २९ बैशाख २०८३, बुधबार, ,