पाँचथर । पहिलो पटक ब्यवस्थीत घरमा बस्न पाउदा पचास बर्षीय बिमला दर्जी खुशीले नाचिन । घामपानीले समेत सास्ती खेपीरहेको दयानीय झुप्पो टहरामा बस्तैआएका बिमलासंगै उनको आमा र अन्यगरी पाँच जना त्रिपालले छाएको सेन्टीबेरा घरमा बस्तैखाएको परीवारमा खुशी छाएको हो । पाँचथर जिल्लाको फिदिम नगरपालिका १ को माथिल्लो गाउँमा बस्तै आएकी दर्जीको घर स्थानीय युवाहरुले बनाइदिएर अव निधक्कले बस्न सकिने भन्दै दर्जीले खुशी ब्यक्त गर्दै नाची दिएकी थिइन ।
वाइसीयल नेपाल पाँचथरको संयोजनमा स्थानीय युवाहरुले घर निर्माणका लागि सामग्रीहरु तथा आर्थिक रकम संकलन गरि बनाएको घरमा बस्न पाउदा उनले खुशी ब्यक्त गर्ने सब्द थिएन । आर्थिक अवस्था नाजुक भएका दर्जी परिवार घामपानीबाट सास्ती खेपीरहनु पर्दाको अवस्थाले स्थानीयबासीको मनै पग्लीएर घर बनाउन जुटेको स्थानीय युवा बिक्रम शंखरको भनाइ छ ।
श्रमअभियानसंगै गरीव परेकाहरुलाई सेवा गर्ने अभियानले जिल्लामा दयानीय अवस्था भएर दर्जनौ घरटहरा बनाउनदै आएकाछन् । गास कटाएर आर्थिक संकलन गरेर धेरैजनाको झुप्रोहरु बनाउने कामले गरिव परिवारमा खुशी छाउने गरी घर बनाएर राहत पुगेको सहयोगीहरुको भनाइ छ । स्थानीय र फिदिम नगरपालिका गरी दुइलाख बढी रकम लगानीमा निर्माण भएको हो । उक्त घर हस्तान्तरणमा नेता हर्कबहादुर नेम्बाङ (मिक्सो)ले नभइनभइ गाँस काटेर सहयोग जुटाएर बनाएकोमा खासगरी वाइसीयल नेपाल पाँचथरका युवाहरुहरुलाई धन्यवाद दिनुभयो । आगामि दिनहरुमा श्रमदान गरी गरीव परिवारका लागि सामाजिक कार्यमा सक्रिय हुन आग्रह गरेकाछन् । घर हस्तान्तरण कार्यक्रममा नेता, समाजसेवी र संचारकर्मीहरु सहभागि रहेको थिए













प्रतिक्रिया