पर्यटन

गुरास फुल पर्व बन्दै



पाँचथर ।  उच्च पहाड वनभरी रातै फुलेको गुरास फुल अवलोकन गर्नेको जमघट हुन सक्दैन । सदिऔदेखि फूदैआएको त्यहि गुरास फुल हेर्नेको लामबद्ध हुदैनन् थिए । त्यसबेला फुलफुल्नु र ओइलुको कुनै मोह हुदैन थियो । तर पछिल्लो समय त्यहि फुल अवलोकन गर्न उच्च पहाडको त्यहि जोखिम स्थानहरुमा पुग्नेको घुइचो हुन थालेकाछन् । रशदार फुलमा जसरी भमरा झुम्छ । यतिबेला पहाडै रातै हुनेगरी फुलेको गुरासमा मानीस झुमिन थालेकाछन् ।

नयाबर्ष सुरुभएको दिन गुरास पर्व जस्तैगरी गुरास अवलोकन गर्नेहरुको लामबद्ध हुन थालेका पाइन्छन् । पाँचथर जिल्लाका आधादर्जन बढि गुरास वन क्षेत्र मानीसको घुइचो लाग्न थालेकाछन् । खागरी सुकेपोखरी, छिन्तापु, चारारते, तिनसिमाना, चिवाभञ्याङमा गुरास फुल पर्व मनाउदै आएकाछन् । गुरास फुल्ने स्थानहरुमा सडक, पदमार्ग र पुर्वाधार बनेकाछन् । त्यसैआसपास होटल तथा होमस्टेहरु समेत संचालन हुन थालेर गुरास क्षेत्रमा अवलोकन गर्नेको घुुइचो लाग्न थालेको फिदिम १३ ठुलीटार निबासी दिपक दुलालको भनाइ छ ।

गुरास फुल्ने समय गुरास महोत्सव आयोजना गरेर उच्च पहाडी भुभागहरुमा आन्तरिक पर्यटकको आगमन बढ्का हुन । गुरास क्षेत्रमा खेलकुद, सास्कृति र सांगितिक कार्यक्रम हुन थालेर उच्च पहाडका सुनसान क्षेत्रमा पछिल्लो समय मानीसको जम्काभेट हुने थलो बनेकाछन् । गुरास क्षेत्र पनि यतिबेला आयआर्जन गर्ने थलो बनेको फिदिम १४ सुकेपोखरी निबासी अजय राई बताउछन् ।

चैत्र र बैशाख महिनाभरी गुरास अवलोकन गर्न सकिन्छन् । नवबर्षको अवसरमा अवलोकन गर्नेको बढि जमघट हुने गरेको छ भने विदाको दिन गुरास क्षेत्रमा अवलोकर्न गर्नेहरु पुग्ने गरेकाछन् । गुरास स्थलहरुमा सहजै पुग्नेगरीका पुर्वाधार बन्नुका साथै अन्य आकर्षण पर्यटन पुर्वाधार बनाउन तिनै तहको सरकारबाट बर्षेनी लाखौ रकम लगानी हुन थालेको नगर प्रमुख मित्र प्रसाद काफ्लेको भनाइ छ ।

प्रकाशित : ३ बैशाख २०८३, शुक्रबार, ,