पाँचथर । सदिऔदेखि मुढेघरमा मौरी पाल्दैआएकाछन् । मौरी पाल्नु स्वास्थ्यका लागि र औषधिका रुपमा सेवन गर्ने भएर पनि लेखाली क्षेत्रमा मौरी पाल्ने पेशाले निरन्तर पाएको हो । पाँचथर जिल्लाको उच्च पहाडी भेगको मौरी जडिबुट्टीजन्य हुने भन्दै औषधिको रुपमा मौरी पाल्ने गरेकाछन् । बिभिन्न जिल्लाबाट घरमै आएर मह लैजाने भएपछि बाजेबाबुको पालाबाटै मुढेघारमा मौरी पाल्दैआएको फिदिम १३ छेउटार निबासी गोपाल तामाङको भनाइ छ ।
जिल्लाको लेखाली क्षेत्रमा परम्परागत घारमा मौरी पालन गर्ने क्रम निन्तर छ । आधुनीक घारमा मह बढि उत्पादन भएपनि परम्परा शैलीको घारमै लेख क्षेत्रका मौरी बस्न रुचाउने भन्दै मौरी पाल्ने प्रचलन अहिले पनि त्यतीकै छन् । उहिल्यैदेखि पुर्खाहरुले मह स्वास्थ्य र शक्ती वद्र्धक हुने भन्दै प्रत्येक घरमा मौरी घार राख्ने चलन थियो ।
मौरी घारले घरको सह वस्ने र गहनाको रुपमा रुखको मुडा, घरको खोपिहरुमा मौरी पाल्ने गरेको थिए । त्यहि मौरीको महमा हिमाली जडिबुट्टी जन्य हुनेभन्दै पछिल्लो समय महगोमा बिक्री गरेर जिवनयापन गर्न थालेका भनाइ छ त्यसैले पनि लेख क्षेत्रका घरहरुमा मुढेमौरीघार अनिबार्य हुन्छन् ।













प्रतिक्रिया