समाचार

महिलाका लागि मल्टिमिडिया तालिम



सुनसरी  ।   महिलाका लागि मल्टिमिडिया तालिम  सनिबार इटहरी वडा ६ को  होटल इनटुरिजमा सुनसरी, मोरङ र उदयपुर जिल्लाका पत्रकारहरु सहभागि रहेको थिए । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनीज प्रदेस समिति र सुनसरी जिल्ला समितिको संयुत्त आयोजनामा संचालन भएको हो । 
इटहरी उपमहानगरपालिकाको सहयोगमा पछिल्लो समय प्रबिधि तथा सफवेरजन्य पत्रकारीता तालिममा २५जनाबढि कियासील महिला पत्रकारहरु सहभागि रहेका थिए । 
खासगरी पत्रीका, अनलाइन, रेडियो, टिभि र युटुवमा काम गनेए महिला पत्रकारहरुलाई सुचना तथा समाचारहरु संकलन तथा निर्माण प्रभाावकारी बनाउन बारेमा तालिम दिएको फोनीज प्रदेस उपाध्यक्ष सुप्रिया राईले बताए । 
तालिममा अग्रज पत्रकार भिषण राईले तालिम सहजिकरण गर्नु भएको थियो । बदलिदो पत्रकारिता शैलीहरु एआइको जमानालाई पछ्याउनु पर्ने बाध्यकारी पत्रकारिता सफवेरसंग पुर्ण परिरचित नहुदा क्रमस पेशाबाट पलायन हुन थालेको भन्दै महिलाका लागि  मल्टिमिडिया पत्रकारिता तालिमा आबस्यक रहेको बताए । 
कार्यक्रमका प्रमुख अथिति नेपाल पत्रकार महासंघ प्रदेस महासचिव हिमाकुमारी चेम्जोङले सहभागि महिला पत्रकारहरुलाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । चेम्जोङ अहिलेको अवस्थामा महिलाआफै सबल, सक्षम र कियासील नभएसम्म जुनसुकै ठाउँमा पनि महिला आफै पछाडिनु परेको कैयो उदाहरणहरु दिनु भएको थियो । 
कार्यक्रममा प्रदेस सभासदस्य मिना श्रेष्ठ, नेफिन मञ्च महिला प्रदेस अध्यक्ष माया राई, नागरिक अगुवा सन्त दुङजङ, फोजिन प्रदेस इन्र्चाज राजेन्द्र दुष्ट, युवासमाजसेवी सिजन गुरुङ, नेपाल पत्रकार महासघं सुनसरी सदस्य सिमा बस्नेतले सुभकामना मन्तब्य राख्दै नशालु महिलाको नजर पत्रकारीता पेशा पनि नशालु बन्न सकेमात्र अब्बल साबित हुने सकिने बताएका थिए । उनीहरुले सामाजिक संजालको जमाना भइसकोकाले अव भरदर्दो पत्रकारिता बनाउन महिला अग्रसर हुनुपर्ने सुझाव दिएका थिए । 
कार्यक्रम फोनिज प्रदेस अध्यक्ष बिजयबोध लावतीको अध्यक्षतामा र कार्यक्रम संञ्चालन फोनिज सचिव दिलहादुर राईले गरेको फोनिज सुनसरी जिल्ला अध्यक्ष सुनित चौधारीले बताए ।

प्रकाशित : २५ माघ २०८२, आइतबार, ,