सभ्यता

भुमि र थाकथलो अभियानमा दस थुमका अन्वेशक तथा सरोकारवाला जुटेदै

प्रथम थुम समिति बैठकमा कार्यपत्र अनुसार १५ बुदे सारांस निर्णय गरे



पाँचथर  ।  पुर्वी नेपालका आठ जिल्लामा रहेका तिनसय २३बढि याक्थुङ थरगत संस्थाका प्रमुखहरुको भेला पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकाको यासकमा सुक्रबार र सनिबार भेला भएर भुमि, थाकथलो र माङगेन यक संरक्षण गर्न जुटेकाछन् । जन्मथलो, ऐतिहासीक र सास्कृतिक स्थलहरुको संरक्षण एवं प्रर्बद्धन गरी याक्थुङको पहिचान कायम गर्न कार्ययोजना बनाएकाछन् । 

सरकारले विकासको नाममा याक्थुङ समुदायका थाकथलोमा अर्थात भुमिमा ऐतिहासीक एवं मुन्धुमी स्थलहरु अतिक्रमण भएर लोप हुन थालेको भन्दै दस थुमका सरोकारवालाहरु यासकमा दुइदिने फलफल जुटेका हुन ।  

थरगत सयङ सहजिकरण समुह संयोजक नन्द कन्दङवाले समुदाय आफैले चासो नदिएर कतिपय स्थल संरक्षण अभावमा लोपसंगै नष्ट हुन पुगेको बताए । समुदायले भुमि अर्थात थाकथलो नबुझेर र सरकारबाट पनि बिभीन्न बहानामा ऐतिहासीक स्थल वा भुमि गुमाउदा सबै थाकथलो प्रमाणहरु समेत नष्ट भएको भन्दै संरक्षण गर्न कार्ययोजना बनाउन भेला भएको जनाएको छ । 

दस लिम्बु सत्रथुमका थरगत समुदाय, कानुन, भुगोल अर्थात भुमि, ऐतिहासीक र सस्कृति विज्ञ सहित स्थानीय तहका जनप्रतिनिधी भेला भएर छलफल गरेकाछन् । कार्यक्रममा फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बिगत बर्षहरुबाटै पालिकाले बजेट विनियोजन गरेर रैथाने थाकथलो संरक्षणमा जुटेको बताए । 
कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले तिनै तहको सरकारबाट रकम सुनिस्चीत गरेर ऐतिहासीक स्थल कायम रहने गरीका काम भएको आधा दर्जन बढि स्थलको समेत चर्चा गरेका थिए । 

समापन कार्यक्रममा फाल्गुनन्द पालिका उपाध्यक्ष ठकुरसिं नेम्बाङले भाषा, धर्म, कला तथा रैथाने सस्कृति संरक्षणमा रकम सम्बोधन गरेको जानकारी दिए । कुनैन कुनै प्रकारले संरक्षण तथा प्रर्बद्धन गरेर पछिल्लो समय समुदाय आफैमा चासो बढेका अवस्था समेत बताए । 

दुइदिने छलफलबाट पन्द्र बुदे निर्णय गरेकाछन् । फेदेन यक, कुम्मायक यक, सेहोनाङलाङ लगायतको ऐतिहासीक भुमि संरक्षणमा सबै तहतप्का जुट्नु पर्ने । नाम्फुन्यक अर्थात सिलौटीमा फाल्गुन्दको शालिक विवाद स्थानीय सरोकावालाहरुबाटै समस्या समाधान गर्न लगायतको पुख्यौली भुमि, माङगेना यक समाधि स्थल संरक्षण कार्ययोजना निष्र्कस पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेकाछन् । 

छलफलमा कुम्मायक पालिका निर्वतमान अध्यक्ष जयप्रसाद चेम्जोङ, कुम्मायक एक वडा अध्यक्ष देबेन्द्र कुमार लावती, अन्वेशक लक्षुमण लावती, प्रज्ञादय दिलेन्द्र सुब्बा र हरिचन्द्र लावती, स्थानीय समाजसेवी भिम सम्बाहाम्फे लगायत तिन दर्जन बढि अन्वेशक एवं अभियान्ताहरुले आफ्नो विचार राखेका थिए । 

छलफलमा थरगत सयङ संयोजन नन्द कन्दङवा, अन्वेशक डा।कमल तिगेला, अधिवक्ता शंखर लिम्बु, अन्वेसकदय नरप्रसाद लुङफुवा र राम मादेनले ९२ पिष्टको संयुक्त कार्यपत्र प्रस्तुतीमा बढि चर्चा र टिकाटिप्पणी भएको थियो । प्रथम थुम समिति बैठकमा कार्यपत्र अनुसार १५ बुदे सारांस निर्णय गरेको आयोजकले जनाएकाछन् । छलफलमा दस थुमका संयोजकहरुले आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए । तत्काल कार्ययोजनामा अप्रभंसी नाम पुर्नलेखन अभियान चासो दिएकाछन् । 

दसओटा थुमका मध्ये  करिव मिक्वा थुममा करिव ३० थरगत सयङ, मैवा थुममा करिव ३२ थरगत सयङ  र तमोर थुममा करिव २७ थरगत सयङ बसोबास रहेकाछन् । त्यसैगरी याङवरक थुममा करिव ३७ थरगत सयङ, पान्थर थुममा करिव ५७ थरगत सयङ, आठराइ फाङदेन थुममा करिव १९ थरगत सयङ, फेदाव थुममा करिव ३५ थरगत सयङ, छथर थुममा करिव २३ थरगत सयङ, चौबिस थुममा करिव २७ थरगत सयङ तथा फाक्फोक चारखल थुमम करिव ३५ थरगत सयङ बसोबास रहेको थुम समिति संयोजकहरुले  प्रतिवेदन प्रस्तुत गरे ।

पान्थर थुम संयोजक बिजयबोध लाओती, छथर थुम संयोजक चेवन तुम्बाहाङ, फाकफोक ईलाम थुम संयोजक भूमीका फ्याक, फेदाप थुम संयोजक प्रबेग हाङश्रोङ, आठराई थुम संयोजक जय प्रकाश ईङनाम, तमर थुम संयोजक श्री लिङखिम, मिक्लुक–चौविस थुम संयोजक भबिराज तुम्सा, मैवाखोला थुम सहसंयोजक चन्द्रमान वनेम र याङवरक थुम सहसंयोजक मचिन्द्र बेघा रहेकाछन् । 

प्रकाशित : ३१ कार्तिक २०८२, आइतबार, ,