खेलकुद

चेस संघ अध्यक्षमा दिपेन राई



काठमाण्डौ ।   अखिल नेपाल चेस संघको प्रथम महाधिवेसनबाट दिपेन राईको अध्यक्षतामा २५ जनाको केन्द्रिय समिति निर्वाचित भएको छ । शुक्रबार काठमाण्डौमा नेकपा माओवादी केन्द्र निकट चेस खेलाडीहरुको सस्था अखिल नेपाल चेस संघको महाधिवेसनबाट सम्पन्न भएको हो ।

नवनिर्वाचित समितिको उपध्यक्षमा विजयवोध लावती, कृष्ण धामि र प्रकाश परियार रहेकाछन् । महासचिवमा अनिल कुमार सेर्पालि, सचिवहरुमा नारायण विष्ट, सविना लामगादे, वर्षा राना मगर, श्रीकृष्ण श्रेष्ठ, र रामकुमार मादेन निर्वाचित भएकाछन् भने कोषाध्यक्षमा प्रकाश रोक्का रहेको छ ।

त्यसैगरी समिति सदस्यहरुमा अञ्जु साह, निखिल दुलाल, प्रेम सुनार, विमल मगर, प्रिया सुनार, सुरेन्द्र बुढाथोकि, दिया राई, रामचन्द्र सुनुनार, गगन लावती, ओमकार केसि, अशोक गुरुङ र रवि नर्कमि निर्वाचित भएकाछन् ।

सल्लाहकारहरुमा बिनय थापा ‘क्षितिज’ . डोल्मामाया गोले ‘ललिता’ . धनराम ओली . मनोज घिमिरे  र बबिदेवल पुन भएको अध्यक्ष राईले बताए ।

महाधिवेसनमा अखिल नेपाल खेलकुद महासंघ इन्र्चाज तथा पार्टी केन्द्रीय सदस्य दिपक कोइराला र अखिल नेपाल खेलकुद महासंघ अध्यक्ष शिव कोइरालाले बधाइ मन्तब्य राखेका थिए ।

प्रकाशित : १३ भाद्र २०८२, शुक्रबार, ,