सभ्यता

ढालेको दूइबर्ष पुगेर पनि लिम्बुवान गेट बन्न सुरसार नगरेको चासो

लिम्वुवान गेट निर्माण गर्न गतबर्ष पचास लाख रकम फ्रिज, यसै आर्थिक बर्षमा साठिलाख वजेट सुनिस्चीत



पाँचथर ।    फिदीम नगरपालिका वडा नं. १ को बजार मध्य भागमा रहेको लिम्बुवान गेट भत्किएको दुइबर्ष बढि भइसके पनि सरोकारवालाहरुले चासो देखाउन नसकेको भन्दै पुनः गेट निर्माणको लागि जनता समाजवादी पार्टी नेपालले सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाएकाछन् । सुक्रबार फिदिम नगरपालिकाको कार्यालयमा जसपा नेपाल सम्बद्ध लिम्बुवान राष्ट्रिय समितिले चाडो निर्माण गर्न ज्ञापन पत्र बुझाएको नेता लक्षुमण लावती बताए ।

 फिदिम बजार क्षेत्रमा पर्ने मेचि राजमार्ग सडक चौडाइ विस्तार गर्ने क्रममा लिम्वुवान गेट ढालिएको थियो । पछिल्लो समय पाँचथर जिल्लाको परिचय दिने एक अंशको रुपमा लिने लिम्बुवान गेट भत्काएर पुन बनाउन तरखर नगरेपछि लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष मचिन्द्र बेघाद्धारा हस्ताक्षर ज्ञापन पत्रमा ४० बर्ष पुरानो गेट तिन महिना भित्रमा निर्माण सुर नगरे जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको उल्लेख छ ।

२०८० साल बैशाख २५ गते जिल्ला समन्वय प्रमुख रामराज आङदेमबेको अध्यक्षतामा फिदिम नगरपालिका, जिल्ला प्रहरीका कार्यालय र सरोकारवालाहरुले सहमति हस्ताक्षर गरी गेट भत्काइएको थियो।
निर्माण स्थल अन्योलताले गतबर्ष फिदिम नगरपालिकाले पचास लाख रकम विनियोजन गरेर फ्रिज भएको छ । यसै आर्थिक बर्षमा साठि लाख रकम विनियोजन गरेको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताएकोछ ।

नगर प्रमुख काफ्लेका अनुसार हाम्रो साझा सम्पदा, सांस्कृतिक पहिचान र ऐतिहासिक गौरव समेटिएको प्रवेशद्वारको पुनः निर्माण कार्य सबै पक्षको सहकार्य, समन्वय र सद्भावपूर्ण संवादबाट स्थान यकिन गरी सम्पन्न गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएका छु भन्नुभयो।

फिदीम नगरपालिका कुनै पनि पूर्वाग्रह वा पक्षपात विना, समावेशी दृष्टिकोणका आधारमा विकास निर्माणका कार्यहरूमा कटिबद्ध छ। यस कार्यमा सुझाव, सल्लाह र रचनात्मक सहयोगका लागि सम्पूर्ण सरोकारवाला, राजनीतिक दल, समुदाय तथा नागरिकहरूमा हार्दिक आग्रह गर्दछुभन्नुभयो ।

नगर प्रमुख काफ्लेले आलोचना वा आरोप–प्रत्यारोप भन्दा माथि उठी, आपसी सहमतिमा पुग्ने सकारात्मक अभ्यास मार्फत समृद्ध फिदीम नगर निर्माणमा तपाईंहरूको अमूल्य साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछुभनी सामाजिक संजाल मार्फत सरोकारवालहरुमा आव्हान गरीसक्नु भएको छ ।

लिम्बुवान गेट पुनः निर्माणको विषयलाई लिएर जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिले जिल्ला समन्वय समिति पाँचथर, जिल्ला प्रशासन कार्यालय फिदिम नगरपालिकामा ज्ञापनपत्र बुझाउदै गेट ढलेका दिनदेखिको निर्णय र आजका मिति सम्म पुनःनिर्माणका लागि भएको शून्य प्रगति साथै भएका वास्तविक पक्षहरु लाई २०४२ सालमा गेट बनेपछि त्यो जनताको भावना, मायासंग जोडिको तर सडक विस्तारका क्रममा ढालेर नबनाएको भन्दै सम्बन्धित निकायहरुमा चासो बढाउन अभियान सुरु गरेको जनाएकाछन् ।

प्रकाशित : १७ श्रावण २०८२, शनिबार, ,