काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो । गत बर्षको तुलनामा नतिजामा उल्लेख्य सुधार देखिएको छ ।
गत बर्ष ४७=८६ प्रतिशत विद्यार्थी ग्रेडेड हुन सफल भएकामा यस पटक ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । गत बर्ष भन्दा उतिर्ण हुने नतिजा बढेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
साझ अबेर प्रकाशित नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३=६ जीपीएसम्म ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
सवैभन्दा बढी गणित शिक्षमा ननग्रेड भएका छन । नन ग्रेडड विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने ब्यवस्था गरिएको बोर्डले जनाएको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यपालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको थियो ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
नतिजा कसरी हेर्ने
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजासम्बन्धी विवरण SMS, IVR तथा Website मा हेर्ने सकिने ब्यवस्था बोर्डले गरेको छ ।
SMS का लागि
१६००
३५००१
३१००३
३४४५५
३४९४९
नतिजा हेर्ने Website हरु
रा.प. बोर्ड, परीक्षा नियन्त्रण कार्यालय
www.see.gov.np
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी
www.neb.gov.np
नेपाल टेलिकम
www.see.ntc.net.np











प्रतिक्रिया