पर्यटन

सरकारको लगानी पदमार्गमा बढ्दै



पाँचथर ।  तिनै तहको सरकारबाट स्वदेसमै रोजगारी गरौ भन्ने अभियानमा पदमार्ग बनाउने अभियान तिब्र भइरहेकाछन् । पर्यटन प्रर्बद्धन पुर्वाधार निर्माण अभियानले पुर्वी नेपालको पहाडी जिल्लाबासीको रोजगारको थलो बन्दैछन् । संघीय सरकार, प्रदेस सरकार र स्थानीय तह सहित स्वीज सरकार विकास सहयोगबाट फाल्गुनन्द पदमार्ग गतबर्षबाटै सुरु भएको हो । पदमार्गले पुर्वका हिमाल, पहाड र तराई क्षेत्रमा रहेका प्रमुख पर्यटकिय क्षेत्र समेटिने गरीको पदमार्ग बन्नेछन् । पदमार्ग आफै बनाउन सयौ स्थानीय पर्यटन ब्यबसायी यतिबेला उत्साहित भएर काम गरिरहेका फिदिम नगरपालिका ३ निबासी रबिन्द्र मुखियाको भनाइ छ ।

झापा काकडीभिक्ता नेपाल भारत सिमाबाट इलामहुदै पाँचथरको विभिन्न स्थान समेटि ताप्लेजुङ कञ्चनजंगा हिमाल पुग्ने फाल्गुनन्द पदमार्ग बन्दैछ । स्थानीय आफै निर्माणमा जुटेर पर्यटन ब्यवसाय बढाएर आयआर्जन गर्न जुटेकाछन् । गतबर्षबाटै इलामको माइपोखरी, पाँचथरको फिदिमबाट पदमार्ग बनाउन सुरु भइरहेको छ । पहिलो चरणमा एकसय किलोमिटर पदमार्ग निर्माण गरिनेछन् । यतिबेला पाँचथर इलाम जिल्लाको सिमा भइ जाने लब्रेकुटी सिलौटि सुकेपोखरीहुदै सन्दकपुर जोडिनेगरी फाल्गुनन्द पदमार्ग बनाएको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्ले बताउछन् ।

पदमार्गले राष्ट्रिय विभुती फाल्गुनन्दको तपोभुमि र समिाधि स्थल लब्रेकुटी सिलौटि हुदै सन्दकपुर कञ्चनजगा पुग्नेछ । एकहप्ताको पैदल यात्रा गर्न सकिने त्यस पदमार्ग स्थानमा तराइैबाट उच्च पहाडी भुवनावट प्राकृतिक, सांस्कृतिक र कृषि जनजिविका क्षेत्र अवलोकन अनुभुती लिन सकिने जनाएकाछन् ।

त्यस पदमार्गमा पर्ने पावौभञ्याङ, लोहाकिल, बिखे, छिन्तापु, गोरुवाले, आहाल, माइपोखरी र चाररात क्षेत्रहरु पनि समेटिनेछन् । त्यसैगरी सास्कृति अनुभुती, पबित्र स्थल अवलोकन, हिमालको दृष्यावलोकन, विवित वातावरणीय पक्ष, पशुपंछी वन्यजन्तु अवलोकन, सुर्योदय लगायतको रैथाने गाउँवस्तीहरु समेत दृष्यपान गर्न सकिने स्थानीयबासीले जनाएकाछन् ।

प्रकाशित : २९ चैत्र २०८२, सोमबार, ,