पाँचथर । अनलाइन पत्रीका सुम्हात्लुङ टाइम्सले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा सुम्हात्लुङ टाइम्स पत्रकारिता पुरस्कार वितरण गरेको छ । पाँचथरबाट सञ्चालित अनलाइनका संवाददाता जीपी अधिकारीलाई नगद पाँचहजार सहित सम्मान पत्रप्रदान गरेको छ।
बिहिवार फिदिममा माङ्गेना मिडिया प्रालिद्वारा सञ्चालित सुम्हात्लुङ टाइम्स अनलाइन माघ १ गतेदेखि तेस्रो वर्षमा प्रवेश गरेको अवसरम ग्रामीण क्षेत्रका आवाजहरूलाई प्राथमिकता दिंदै आएका जिल्लामा सक्रिय पत्रकारलाई पुरस्कार दिदैआएको अध्यक्ष तथा प्रधान सम्पादक शन्देस सुब्बाले बताए ।
फिदिमस्थित नेपाल पत्रकार महासंघ शाखाको कार्यालयमा कार्यक्रममा प्रमुख अतिथिका एवं फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले पुरस्कार वितरण गर्नुभयो ।
सोहि अवसरका जिल्लाको ऐतिहासीक, सास्कृतिक र रैथानेपन लगायतको पर्यटन सम्बन्धीे खोजमुलक विषयहरु समेटिएको सुम्हात्लुङ टाइम्स स्मारिका विमोचन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि काफ्लेसँगै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लभदेव ढुंगाना, पत्रकार तथा लेखक प्रेम ओझा, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष भिम वास्कोटा,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिजयबोध लावती, साहित्यकार मधु केरुङ, किरात याक्थुङ चुम्लुङ पाँचथर अध्यक्ष सुरेन्द्र शिशिर केरुङ, अग्रज पत्रकार लक्ष्मी गौतम, पत्रकार गिरिराज बाँस्कोटा र भवानी तावाले शुभकामना मन्तब्य राखेका थिए ।













प्रतिक्रिया