कृषि

आठसय मिटर उचाइमा हुने धान बाह्रसय मिटर हुनथालेर किसानको रोजाइमा हद्रिनाथ



पाँचथर ।  किसान ब्यबसायिक खेति तर्फ उन्मुख भएर धान उत्पादन कमि भएको भन्दै पाँचथरका किसानलाई धान उत्पादनमा उत्साहित गराउन प्रदेस सरकारबाट विउ, उपकरण र मल दिन थालेको छ । समुन्द्र सतहबाट आठसय मिटर उचाइमा मात्र रोप्दैआएको हद्रिनाथ १, ३ र ६ प्रजातिको धान पाँचथर जिल्लाको १२ सय मिटर उचाइमा मनग्गै उत्पादन हुन थालेर गतबर्षबाट रोप्न क्रम बढेको हो ।

खासगरी चैत्रमहिनामा रोपिएका् धान असार र सावन महिनामा फलेर निकाल्नु पर्ने पहाडमा रोपिने त्यहि धानबाली स्वादिष्ट नहुने र कम उत्पादन हुने भन्दै रोप्न छोडेका हुन । पहाडी भेगमा पनि राम्रो उत्पादन हुने धानमा स्वादिष्ट र बढि उत्पादन हुने हद्रिनाथ धान रोप्न थालेर किसान खुशी भएकाछन् ।

गतबर्ष पाँचथरको फिदिम नगरपालिका एक स्थित दुमामा हद्रिनाथ एक प्रजातिको धान रोपेर बढि उत्पादन भएपछि यसबर्ष जिल्लाको फिदिम, फाल्गुनन्द, कुम्मायकर हिलिहाङ गाउँपालिकामा साठि रोपनिमा खेती गरीएको छ । तराइमा आठसय मिटर उचाइमा हुने धान पहाडमा बाह्रसय मिटरसस्म मनग्गै उत्पादन भएपछि आगामि बर्ष त्यहि धान रोप्ने कार्यक्रम संचालन गरेर किसानलाई आकर्षित गराउने कृषि ज्ञानकेन्द्र पाँचथरका प्रमुख महेशकुमार चौधारी बताउछन् ।

पक्की कुलो बन्नेक्रमले सिंचित क्षेत्र बढ्दो अवस्था भएर धान खेतीमा उत्साहित हुने क्रम बपनि बढेको छ । विगत बर्ष पाँचथरमा दस हजार सातसय असि हेक्टरमा धान रोप्ने गरेपनि चैत अर्थात बर्खे धान भने पाँचहजार आठसय अरचालिस हेक्टरमा धान उत्पादन हुने गरेको ज्ञानकेन्द्र पाँचथरका प्रमुख चौधारीछ ।

प्रकाशित : २५ असार २०८२, बुधबार, ,