शिक्षा

ज्यालादारी गर्ने परिवारका वालबालीकालाई शैक्षिक सामग्री



पाँचथर ।  शैक्षिक सुधार हुने आसा गरेर ब्यत्तीहरुले सामुदायिक विद्यालयमा निरन्तर सहयोग पाउदै आएका छन् । दैनिक ज्यालादारी गर्ने परिवारका वालबालीका अध्यय गर्ने सामुदायिक विद्यालय भएको भन्दै फिदिम २ नम्बर वडा पल्लोटारमा रहेको सुर्योदय विद्यालयमा शैक्षिक सामग्री दिएको हो । फिदिम ४ निबासी पुष्प बिकले तिनकक्षासम्म अध्ययन हुने त्यस विद्यालयका वालवालिकालाई कपि, पेन्सील, लेजर, साइपेन र पानी फिल्टर जार सहयोग गरेको प्रधानाध्यापक धनमाया मगर थाम्सुहाङले बताए ।

बिद्यालयमा अध्ययन गर्ने ४२ जना बालबालिकाले शैक्षिक सामग्री पाएर उत्साहित भएकाछन् । जनसेवा समाज पाँचथर अध्यक्ष राजेन्द्र अधिकारीले सहयोग संयोजन गरेका थिए । सामग्री वितरण गर्दै फिदिम नगर उपप्रमुखले शिक्षामा नगरवालिकामा बर्षेनी चालिस करोड बढि रकम खर्च हुने गरेका बताए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार विजयबोध लावती र विवस अध्यक्ष मनोज लावतीले बिद्यालय सुधारका लागि सम्बन्धित निकायहरुमा सहयोगहरु संयोजन गरेर बिद्यार्थीलाई बिद्यालय पुग्ने आकर्षण कार्यक्रमहरु संचालन गर्दैआएको जनाएकाछन् ।

 

प्रकाशित : २० असार २०८२, शुक्रबार, ,