पाँचथर । २०४५ जेष्ठ २१ गते खरले छाएको बाँसको सेन्टीबेरा हल आकारको कक्षाकोठा बनाएर गढी विद्यालय संचालन गरेको ३७ बर्षपछि जग्गादाता र विद्यालय स्थापना गर्ने ब्यत्तीहरुलाई शुक्रबार सम्मान गरेको छ । पाँचथर जिल्लाको फिदिम नगरपालिका ४ नम्बर वडाको गढीमा रहेको गढी माध्यमिक विद्यालयको शैक्षिक र भौतिक सुधारमा योगदान गरेको भन्दै सस्थापक सदस्य, जग्गादाता, सहयोगीहरु र पुर्व विद्यालय अध्यक्षहरुलाई विद्यालयले सम्मान गरेको हो ।

गढी माध्यमिक विद्यालय स्थापना हुदा निशुल्क जग्गादान गर्ने जग्गादाता पुर्वउपरथी होमकुमार लावतीलाई सम्मान गरेको छ । जग्गादाता स्वर्गियदय छत्रमाया तुम्बापो र गाउँमाया तुम्बापो मरणोपान्त सम्मान गरेको छ ।
त्यसैगरी सस्थापक अध्यक्ष स्वर्गिय तुलसीराम तुम्बापो, सस्थापक सदस्य स्वर्गिय हर्कप्रसाद लावती, स्वर्गिय डिक बहादुर देवानलाइ पनि मरणोपान्त सम्मान गरेको छ । सस्थापक सदस्य नरबहादुर लावती तथा सस्थापक प्रधानाध्यापक रामप्रसाद चेम्जोङ पनि सम्मानीत भएका छन् ।

गढी विद्यालयको शैक्षिक र भौतिक सुधारमा योगदान गर्ने पुर्व विद्यालय अध्यक्षहरु प्रेम सागर तुम्बापो, टिएन लावती, पृथ्बी लावती, सीता खवास तुम्बापो र उपेन्द्र उपेन्द्र लावतीलाई पनि सम्मान गरेको विद्यालय प्रअ मानध्वोज थाम्सुहाङले बताए ।
सोहि अवसरमा विद्यालयको दुइतेल पक्की भवन निर्माण सहयोग गर्ने वेल्फेर स्कीम टष्टलाई पनि सम्मान गरेको छ । फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्याौपाने र विद्यालय अध्यक्ष विजयबोध लावतीले सम्मानीत ब्यत्तीहरुलाई सम्मान पत्र वितरण गरेका थिए । विद्यालयलाई जग्गा दिने र सस्थापक सदस्यहरुको अभिलेख लोकापन भएको थियो ।

सम्मान कार्यक्रममा नगरप्रमुख काफ्लेले शैक्षिक सुधारका लागि सबैजना लागेमात्र सफल हुन सकिने र शैक्षिक सुधार गर्न सकिने बताउनु भयो । विद्यालयको समग्र विकासमा पालिकाले कन्जुस्याइ नगरेको बताए । कार्यक्रममा नगरउपप्रमुख न्यौपानेले आफु शैक्षिक क्षेत्रबाट आएर जनप्रतिनिधी भएकोले विद्यालयमा हुने समस्या र सुधार गर्नुपर्ने बारेमा राम्रो जानकारी भएको ब्याख्या गर्दै नगरले विद्यालयको समस्या पहिचान गरेर अत्न्य गर्न धेरै रकम शिक्षा क्षेत्रमा लगानी गर्दैआएको भएपनि सामुदायिक विद्यालयमा चुुनौति उस्तै रहेको बताए ।

कार्यक्रममा जिल्लाकै नमुना विद्यालय संचालन भइरहेका फिदिम माविका प्रअ विनोद ठाकुरले सदरमुकाम आसपास विद्यार्थीको चाप बढ्दो अवस्था भएकोले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा विद्यार्थी, अविभावक र शिक्षक बढि जवाफदेखि हुनुपर्छ, जस्ले गर्दा अन्य निकायले विद्यालय सुधारमा त्यतिकै मात्रमा सहयोग गर्ने उत्साह बढेर जानसक्ने वातावरण बन्ने अनुभव सुनाए ।
जिल्ला शिक्षा समन्वय इकाइ पाँचथर प्रमुख योगेस्वार भट्टराईले शैक्षिक सुधारमा सरकारको लगानी राम्रो रहेको र नागरिक पनि विद्यालयमा आफ्ना वालवालिका पुर्याउने वातावरण बन्न थालेको दावि गर्नुुभयो । सम्मान कार्यक्रमम ४ नम्बर वडाअध्यक्षले स्थानीय तहको वजेट थोरै भएर विद्यालयमा योजना पुर्याउने अवस्थान नभएर पनि विद्यालय सुधार गर्न कठिनाइ हुने गरेको बताए ।
विद्यालयलाई जग्गादान गरेर सर्वसाधरण नागरिकले घर नजिकै अध्ययन गर्न सजिलो हा्ेस भनेर जग्गा उपलब्ध गराएको जग्गादाता पुर्वउपरथि लावतीको भनाइ छ ।

विद्यालयका प्र्रअ थाम्सुहाङले सस्थागत विद्यालयहरुको माँझमा अभावले सामुदायिक विद्यालयको शैक्षिक सुधारका प्रयास निक्कै चुनौतिपुर्ण हुनेगरे पनि अभाव र समस्यामा ज्यालादारी गर्ने नागरिकका बालबालीकाको पठनपाठन गर्दा पनि स्थानीय सरकारले समस्याहरु सम्बोधनमा कन्जुस्याइ गरेर विद्यालयको समग्र सुधार भनेजस्तो आसा गर्न नसकिएको बताए ।











प्रतिक्रिया