पाँचथर । पाँचथरमा जिल्ला स्तरीय बिद्यार्थी बुद्धिचाल खेल प्रतियोगितामा बिद्याबर्दान बोडिङका सन्दिप तामाङ प्रथम भएको छ । उनले सातौ रन खेलेकोमा ६ खेल बिजयी र एक खेल हार भएका थिए । त्यसैगरी सोहि बिद्यालयका बिटिस कार्की र हेनचेन आङ्बोले समान पाँच पइन्ट पाँच अंक ल्याएर दोस्रो र तेस्रो भएकाछन् ।
फिदिम माविका नवराज नेपालले पाँच अंक ल्याएर चौथो स्थान भएका छन् भने नया नमुना माबिका एपसोन राना मगरले पाँच अंक ल्याएर पाँचौ भएको खेल आरविटर नन्द कुमार कुरुम्बाङले बताए ।
छात्रा प्रथम बिद्याबर्दानकै सेमिना राई भएकी छिन भने १३ बर्षभन्दा सानो उमेरमा रानिटार माविका सर्मिला राई प्रथम भएकी हुन । प्रथम बिजेताले नगद पाँचहजार, दोस्रोले चार हजार, तेस्रोले तिन हजार, चौथोले दुइ हजार र पाचौले एक हजार नगद रकम तथा प्रमाण पत्र पाएकाछन् । कम उमेर र छात्रा प्रथमले एकएक हजार पुरस्कार पाएका छन् ।
फिदिम बजारको बिद्याबर्दान बोडिङ परिषरमा खेल प्रतियोगतामा सुक्रबारबाट कक्षा ८देखि १० कक्षासम्म अध्ययन गर्ने २७ जना बिद्यार्र्थी बुद्धिचाल खेल प्रतियोगितामा सहभागि भएका थिए ।
खेलको समापनमा जिल्ला खेदुकद विकास समिति अध्यक्ष सन्तास मोत्तलान, पाँचथर बुद्धिचाल संघ अध्यक्ष बिजयबोध लावती र संघका पुर्वअध्यक्ष गजेन्द्र माबोले पुरस्कार विजेता र खेलमा सहभागिहरुलाई नगद र प्रमाण पत्र वितरण गरेका थिए ।











प्रतिक्रिया