पर्यटन

लिम्बुवान गेट निर्माण सुरु



 पाँचथर ।  जिल्लाको शानको रुपमा स्थापित भएको लिम्बुवान गेट सुक्रबारबाट पुर्न निर्माण सुरु भएको छ । जिल्लाको प्रमुख शहर फिदिम बजारको मध्य भागमा २०४१ सालमा निर्माण भएको लिम्बुवान गेट ढाँलिएको चारबर्षपछि पुन निर्माण सुरु भएको हो । जिल्लाको रैथाने पहिचान प्रतिविम्वका रुपमा रहेको लिम्बुवाने गेट सरोकारवालाहरुबाटै निर्माण सुरु गरेकाछन् ।

सुभाराम्भ गर्दै फिदिम नगर प्रमुख मित्र प्रसाद काफ्लेले जिल्लाका ऐतिहासीक, सांस्कृति र सभ्यता समाबेस भएको गेट पुन रैथाने पन झल्किने गरीका आकृतिमा निर्माण हुन लागेको बताउनुभयो । समुदायसंगै पालिकाबाट निर्माण गरि जिल्लाको गरिमा बचाउने प्रष्ट पर्नु भएको थियो ।

कार्यक्रममा प्रमख जिल्ला अधिकारी बासुदेव दाहाल, नगरउपप्रमुख राधाकृष्ण न्यौपाने लगायत राजनैतिक दलका नेताहरुले लिम्बुवान गेट निर्माणमा सहयोग गर्ने बताएकाछन् ।

नगर कार्यपालिकाले पटक पटक रकम विनियोजन गरेपनि त्यस गेट निर्माण प्रक्रिया बढ्न सकेको थिएन । स्थानीय सरोकारवालहरु जुटेर आफै निर्माण गर्न लागेका लिम्बुवान गेट तथा सास्कृतिक सभ्यता परिषद अध्यक्ष लक्षमण लावतीले बताएकाछन् ।

फिदिम बजारको मध्यभागमा रहेको त्यस गेट १६ मिटर चौडाइको कालोपत्रे सडक बनाउने क्रममा लिम्बुवान गेट ढालिएको थियो । त्यस गेट निर्माण सुरु गर्न २५ लाखको गेट मोडा बन्न्छ । त्यसपछि अन्य आकृति बनाउन आधा करोड बढि रकम लाग्ने परिषदले आङकलन गरेको जनाएकाछन् ।

निर्माण सुभाराम्भको अवसरमा सांस्कृतिक झाकि सहित सरोकारवालहरुले फिदिम बजार गरीएका थिए ।

प्रकाशित : ३ बैशाख २०८३, शुक्रबार, ,