Uncategorized

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ३४७ घाइते

देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।



देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

काठमाडौं ।  समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा सरकारी दमन हुँदा  सोमबार १९ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । त्यस्तै,  देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।

काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौ बाहिर सुनसरीको इटहरीमा  प्रहरीको गोली लागेर २ जनको मृत्यु भएको छ ।

काठमाडौ बाहिरका धेरै सहरहरुमा  जेनजीहरुले प्रदर्शन गरेका थिए । त्यसविरुद्ध  सरकारले दमन गरेको थियो । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिपयको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारमा पनि प्रदशनी भएको थियो । बाक्लो सुरक्षा घेराबन्दी बिच आन्दोलकारीहरुले बजार परिक्रमा गर्दे समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध नाराबाजी गरेको थिए ।

प्रकाशित : २३ भाद्र २०८२, सोमबार, ,