पाँचथर । जिल्ला अदालत पाँचथरमा यसबर्ष एकसय तिन प्रतिशतले मुद्धा फैसला भएको छ । विगतबर्षहरु भन्दा बढि संख्यामा दर्ता भएको मुद्धाहरु फैसला गरेर न्यायलयको सेवा प्रभाह छिटो छरितो बनाएको हो । ब्यबस्थित कार्यालय भवनसंगै कार्यालयमा प्रविधिमैत्री वातावरण बनेर पनि मुद्धाहरु टुङयाउन सजिलो भएको जिल्ला न्यायधिस कुमार मास्केले बताए ।
यायधिस मास्केले पत्रकार भेटघाटमा पुरानो ३३३ ओटा र नयाँ ५५६ गरी ८८९ मुदा मध्ये ६५३ मुद्धा फछ्यौट भइसकेको विवरण प्रस्तुत गर्नु भयो । सरल ४५४, सामान्य १२८ र बिशेस २८ फछ्यौट भएको छ । सम्बन्ध विच्छेदमा १५५ मिलान र १२१ फैसला भएको छ । फैसला गर्र्ने वातावरण बनाउन बादि र प्रतिवादीको बढि सक्रिय हुने गरेका छन् ।
अधिबक्ता खगेन्द्र बाँस्कोटाका अनुसार दर्ता भएको मुद्धा समयमै फैसला हुने आसा गर्नेहरुको चासोले पनि जिल्ला अदालतमा मुद्धा टुङगोमा पु¥याउन सजिलो भएको बताए ।
पाँचथर जिल्लामा पछिल्लो बर्षहरुमा क्रमस सम्बन्ध बिच्छेदका मुद्धा दर्ता हुने गरेको छ । त्यहि मुद्धा समयमै किनारा लगाउन वादीप्रतिवादीको माग पनि बढ्दो अवस्थामा रहेको छ । मुद्धा दर्ता भएको दुइदिनमै फैसला हुदा अदालतले सम्बन्ध विच्छेदको मुद्धा किनारा लगाउन सजिलो भएको जनाएको छ ।













प्रतिक्रिया