पाँचथर । बुधवार साँझ पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेप्टी ट्याङ्कीमा काम गर्ने क्रममा चार जना कामदार बेहोस भएका थिए ।
बेहोस भएका मध्ये ३५ वर्षीय रतन चेम्जोङलाई इलाम अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
२४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय विरू चेम्जोङको अवस्था गम्भीर रहेको र थप उपचारका भइरहेको जनाइएको छ।
३० वर्षीय सन्तोष चेम्जोङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा अक्सिजनको कमी हुँदा उनीहरू बेहोस भएका हुन्। घटनापछि स्थानीयबासी र प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी ट्याङ्की फोरेर उद्धार गरिएको थियो ।
उनीहरु फाल्गुनन्द – ५ निवासी हुन् । उनीहरु घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको भवनमा निर्माण कार्यमा संलग्न थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया