Uncategorized

दुर्गम पुग्ने सकिने पुल भेलबाढिले क्षती



पाँचथर ।  सधै जोखिम हुने खोलामा बल्ल पुल बनेर आवतजावत गर्न पाएको खुशि ब्यक्त गर्ने दुर्गमबासीको जिवनयापन सहज बनेको थियो । गर्तबर्षको अबिरल बर्षाले खोलामा बाढि आएर पुलमा क्षती गरेर जोखिम बनाएर उनीहरु निरास भएकाछन् । बनेको पुल पुर्णक्षती भएर बन्नसक्ने अवस्था छैन ।

पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर सात, आठ र तेह्र वडाकाृ संगम स्थल त्रिबेर्णीमा फेमेखोलाको पुल भत्काएर बनाउनु पर्ने अवस्था भएपछि पुनः पुल कहिले बन्ला भनेर नगरको दुर्गम स्थान भनिने उत्तरपुर्वी भेगमा नागरिक निरास भएको तेह्र नम्बर वडा अध्यक्ष दिलकुमार नेम्बाङले बताए ।

खोलामा आएको बाढिले पुल पुर्ण क्षती भएर त्यस पुल जतिबेला पनि भत्कीन सक्ने अवस्थामा रहेको त्रिबेर्णी पुल सडक डिभिजन कार्यालय इलामले बिगत पाँच बर्षअघि बनाएको थियो । फिदिम लुङरुपाहुदै भारत जोड्ने सडक कालोपत्रे बन्ने क्रममा रहेको सडक पुल पुर्णक्षती भएको छ । पुर्णक्षती भएको त्यहि पुल पुर्वाधार विकास कार्यालय पाँचथरका प्राविधीक मुकेस शाहले जोखिम अन्त्य गर्न मर्मत सुरु गरेको बताए ।

नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरको दुर्गम गाउँमा पुग्न बनेको कालोपत्रे सडक भत्किएको र क्षती पुगेको पुल पुनः निर्माण गर्न संघीय सरकार तथा प्रदेश सरकारमा पहल भइरहेको छ । सडक तथा पुल नहुदा नगरको उत्तरी भेगका नागरिकलाई आवतजावतमा सास्ती हुन थालेर स्थानीयबासीले नगरपालिकामा सडक तथा पुल बनाएर सहज बनाइदिन दवाव दिन थालेको नगर प्रमख काफ्लेको भनाइ छ ।

प्रकाशित : २६ असार २०८२, बिहिबार, ,