पाँचथर । पाँचथर जिल्लामा दुई जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ वडामा एक जना र फाल्गुनन्द गाउँपालिका–५ वडा स्थित सुलुम्फी क्षेत्रबाट एक जनाको शव फेला परेको हो ।मृतकहरूको पहिचान अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
फाल्गुनन्दमा उत्तरे–यासोक सडकखण्ड नजिकै एक पुरुषको शव फेला परेको छ । उक्त शव केही दिनअघि मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
यस्तै, मिक्लाजुङ–५ मा महिला जस्तो देखिने व्यक्तिको शव फेला परेको छ । उक्त शव पनि केही समय अघि मृत्यु भएको अनुमान गरिएको छ ।
शवहरूको सनाखत र मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।













प्रतिक्रिया