राजनिति

ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ कुलमानको पक्षमा बोल्दा बर्खास्त

राजीनामा नदिने र माफी पनि नमाग्ने राज्यमन्त्री तामाङको अडानपछि बर्खास्त गरे



काठमाडौँ  ।     प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई हटाउनु हुँदैन भन्दै आफ्नो मत राख्दै आएका थिए ।

प्रधानमन्त्री ओलीले‍ माफी माग गरेको तर अस्वीकार गरिएपछि तामाङलाई बर्खास्त गरिएको हो । स्रोतका अनुसार खड्काले राज्यमन्त्रीलाई हटाउन पार्टी सभापति देउवासँग पटकपटक आग्रह गर्दै आएका थिए । आफूले कुनै गल्ती नगरेकाले प्रधानमन्त्री समक्ष माफी नमाग्ने अडान राज्यमन्त्री तामाङले राखेका थिए ।  राजीनामा नदिने र माफी पनि नमाग्ने भएपछि ओली बर्खास्त गर्ने निर्णयमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजू राणा देउवामार्फत राज्यमन्त्री तामाङलाई माफी माग्नका लागि  भनेका थिए । तामाङसँग प्रधानमन्त्री ओली रिसाउनुको कारण विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ हुन् । तामाङले घिसिङलाई साथ दिँदै आएका थिए ।

बुधबार बर्खास्त गर्नुपहिले पनि प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई माफी माग्नका लागि बालुवाटार आउन भनी गृहमन्त्रीमार्फत सन्देश पठाएका थिए । तामाङले त्यो पनि अस्वीकार गरेपछि गृहमन्त्रीले नै राजीनामा गर्न भनेका थिए ।

काग्रेंसकै अर्का एक मन्त्रीले कुलमानको पक्षमा वकालत गरेको र सचिव सुरेश आचार्यलाई स्पष्टिकरण सोधिएको विषयमा प्रधानमन्त्री असन्तुष्ट भएकाले भेटेर एक पटक माफी माग्न तामाङलाई आग्रह गरेका थिए । तामाङले आफ्नो कुनै गल्ती नभएको भन्दै प्रधानमन्त्रीसँग माफि नमाग्ने जवाफ दिएका थिए ।

प्रकाशित : १० बैशाख २०८२, बुधबार, ,