पाँचथर । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा वेथिति बढ्दै गएको राजनीतिकदलहरुले ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाली कांगेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र सयुक्त पहिचानवादी सहित ६ राजनीतिक दलहरुले मंगलबार गाउँपालिकालाई सयुक्त ध्यानाकर्षण गराएका थिए । गाउँपालिकामा नीतिगत भ्रष्ट्रचारको गुनासो बढेको, कानुन विपरित कर्मचारीलाई आवस सुविधा दिएको र सरकारी सवारी साधनको चरम दुरुपयोग…