दलितको घरमा डोजर चलाउने पालिका अध्यक्ष पक्राउ

सिरहा ।   औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित दीपक मलिकको घर डोजर चलाएर भत्काई उठीबास लगाउने गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । घटनाबारे समाचार सार्वजनिक भएपछि बिहीबारदेखि सम्पर्कविहीन रहँदै आएका अध्यक्ष यादव शुक्रबार दलबलसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । त्यहीँबाट दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।…