एक, फिनल्यान्डले शिक्षालाई हरेक नागरिकको अधिकार मान्छ र सबैलाई समान रुपले शिक्षा प्रदान गर्छ । धनी वा गरिब सबैले एकै खालको शिक्षालय र शिक्षा प्राप्त गर्छन् । दुई, फिनल्यान्डमा शिक्षक हुन सानो योग्यताले पुग्दैन । उनीहरू आफ्नो पेशामा लगाव राख्ने र दक्ष मात्र हुँदैनन्, उत्तिकै सम्मानित पनि हुन्छन् । तीन, यहाँको पाठ्यक्रम लचिलो छ ।…