राजनिति

नेकपाका २४९९ केन्द्रीय सदस्यको शपथ गराएका हुन् ।



काठमाडौँ ।   नेपाली कम्युनिस्ट पार्टीका २४९९ केन्द्रीय सदस्यहरूले सोमबार काठमाण्डौ स्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शपथ ग्रहण गरेका छन् ।

नेकपा संयोजक पुष्पकमल दाहालले केन्द्रीय कार्यालय पेरिसडाँडामा शपथ गराएका हुन् । कात्र्तिक तेस्रो साता माओवादी र एकीकृत समाजवादी लगायत १९ दलको एकता भए पनि केन्द्रीय कमिटी समायोजन ढिलार्इ भएको हो । एकता प्रक्रियामा सामेल भएर सदस्यहरु समेट्दा २४९९ केन्द्रीय समिति सदस्य बनेको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत १९ दल मिलेर बनेको नेकपा केन्द्रीय समिति पहिलोपटक समायोजन भएर शपथ गराएका हुन् ।

प्रकाशित : २८ पुस २०८२, मंगलबार, ,