सभ्यता

पौवापाटी अलपत्र



पाँचथर  ।  सडक नहुदा बनेका पौवापार्टीमा बटुवा साँझमा बास बस्ने निबिकल्प थियो । पैदल यात्रा गर्नुपर्ने बाध्यताले बस्ती बिहिन स्थानमा बनेका पौवापार्टीमा बास बस्नुपर्दथ्यो । यतिबेला जताततै सडक बनेर पैदल हिडनु पर्ने अवस्था क्रमस अन्त्य भए बटुवाको चहलपहल हुने त्यहि पौवापाटी सुनसान मात्र छैन बटुवा बिहिन भएर अलपत्र हुन थालेकाछन् ।

धेरै पौवापाटीहरु स्थानीयले श्रमदान गरेर निर्माण गरेका हुन । जिल्लामा २०३२ सालमा चारआलिबाट इलाम हुदै पाँचथर फिदिमसम्म कच्ची सडक पुगेर पैदल यात्रा कमी हुन थालेका हुन । २०४० सालबाट जिल्लाको उत्तर दक्षिण भेगजाने सडकहरु बनेर पैदल यात्रा कमि भएको थियो । २०६२ सालमा फिदिमसम्म कालोपत्रे सडक पुगेर अन्य जिल्ला जान सवारी साधन प्रयोग हुनथालेर बासै बस्नुपर्ने गरीको पैदल यात्रा नभएर पौवापाटी प्रयोगमा आउन छोडेको बयोवृद्धहरुको भनाइ छ ।

जिल्लामा आधा दर्जन बढि ब्यवस्थित पौवापाटीहरु बनेका सबै प्रयोग नभएर यतिबेला जिर्ण अवस्थामा छन् । उच्चपहाडी क्षेत्रहरुमा सडक नभएका स्थानहरुमा फाटफुट मात्रमा पौवापाटी प्रयोग भएका पाइन्छन् । पछिल्लो समय पर्यटकिय क्षेत्रहरुमा आवासीय प्रयोजनका लागि बनेका सामुदायिक भवन बन्ने क्रम छन् । सुबिधायुक्त टेन बोकेरै हिड्ने र ब्यबस्थित होटल स्थापना भएर ति भवनहरु खासै प्रयोग हुदैनन् ।

 

प्रकाशित : ९ मंसिर २०८२, मंगलबार, ,