समाचार

गौरवको योजना संचालन गर्ने निकायहरुको छलफल



पाँचथर ।      जिल्लामा गौरवको योजना विनियोजन गरी संचालन गर्ने आयोजनाको कार्यालयहरुले निर्माण र गुरस्तरको बारेका जानकारी गराएका छन् । योजनाहरु निर्माण हुन थालेर नागरिकको सहज जिवनयापन गरीरहेका अवस्था बारेमा पनि चर्चा भएकाछन् । बाढिपहिराले क्षती पुगेको निर्माण योजनाहरुको पुनःनिर्माणमा चासो देखाएकाछन् ।
बर्षा सुरु हुन थालेर अव पुर्वाधार योजनाहरु संचालनमा बाँधा पुग्ने र क्षती कसरी कम गर्न सकिन्छन् भनेर बारेमा पनि सहकार्य बढाउन जिल्ला प्रशासन कार्यालयमा आयोजना प्रमुख, निर्माण पक्ष, पालिका जनप्रतिनिधी र सरोकारवालहरु भेला गरेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले बताए ।
 पाँचथरमा संचालन भइरहेको पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय धनकुटा, तमोर कोरीडोर सडक आयोजना कार्यालय धरान, मेचीराजमार्ग सडक हेर्ने सडक डिभिजन कार्यालय इलाम, सधन सहरी आयोजना कार्यालय दमक, भेरेटार रवि राँके सडक आयोजना इलामका प्रमुखहरु भला भएका थिए । त्यसैगरी खानेपानी डिभिजन कार्यालय इलाम, खानेपानी डिभिजन कार्यालय पाँचथर, पुर्वाधार विकास कार्यालय फिदिम, नया शहरी आयोजना फिदिम र जिल्लाका आठवटै पालिका प्रमुख उपप्रमुखहरु उपस्थित भएर छलफल गरेकाछन् ।
गौरवका योजना निर्माणकर्ता, जिल्लाका राजैतीक दल, सुरक्षा निकाय र संचारकर्मीहरुले आयोजनाको  प्रभाव, ढिलासुस्ती र लापरवाहिको टिकाटिपणी तथा रायसुझावहरु राखेका थिए । कार्यालयले आफ्नो कार्यप्रगति, काम गर्ने समस्या र चुनौतीहरु समेत राखेका छन् । निर्माण गर्दा सबै निकायले ध्यान दिन नसकेर योजनाहरु बाँधा पुग्ने, क्षती हुने र सन्तुलित निर्माण नहुदा काम ढिलाइ हुनेगरेको निष्कर्ष लिएकाछन् । अवका दिनहरुमा जुनसुकै निर्माण योजनाहरुमा आपसि सहकार्य गर्दै लग्ने प्रतिवद्धता जनाएकाछन् ।
जिल्लामा यसअघिका बाढि पहिरोले क्षती पुगेका सडक, पुल, खानेपानी र अन्य भौतिक पुर्वाधारहरु क्षती भएर र निर्माण नहुदा नागरिकले खेप्नु परेको सास्ती हटाउने प्रयासहरु भइरहेका बताए  । कतिपय योजनाहरु निर्माण ढिलासुस्ती, लापरबाहि र अटेरी गरेर नागरिकले जोखिम  तथा सास्ती खेपीरहनु परेको गुनासो सबै निकायमा पुग्ने गरेको भन्दै तिब्रगतिमा निर्माण गर्न अनुगमन र पहल गर्ने बताएकाछन् ।
कतिपय कार्यालयमा आएको रकम खर्च नभएर फिर्ता हुनेगरेको छ भने अधिकांस कार्यालयमा भने रकम अभावमा काम गरेको पनि भुक्तानी दिन नसकेर योजनाहरु धेरैपटक म्याद थपेर पनि समयमै काम सम्पन्न हुन नसकेको गुनासो गरेकाछन् ।

प्रकाशित : ६ जेष्ठ २०८२, मंगलबार, ,