समाचार

मन्त्रालयबाटै सडक गुरस्तर अनुगमन तिब्र



पाँचथर । सडक सास्ती खेपीरहेका दुर्गमबासीको घरआगनमा कालोपत्रे सडक बनेर सहज भएको छ । तर गुरस्तर सडक बन्नुपर्ने माग गरीरहेका स्थानीयबासीको गुनासो सुनुवाइ गर्न मन्त्रालयबाटै अनुगमन गर्न थालिएको छ ।

जिल्लाको दक्षिण भेग तुम्बेवा गाउँपालिका प्रशासकिय केन्द्र मौवा बजार पुग्ने १४ दसमलब ९ किलोमिटर कालोपत्रे सडक प्रदेसका सासद तथा पुर्वमन्त्रीदय इन्द्रबहादुर आङबो र कमल प्रसाद जबेगु सहितका टोलिले स्थलगत अनुगमन गरेकाछन् ।

कालोपत्रे सडक बनेर सदाबहार आवतजावत हुनेगरीका सडक बने, तर बिकट स्थानमा बल्ल बनेको कालोपत्रे सडक निर्माण गुरस्तर बनाउन आवाज उठाउन थालेर प्रदेससभा सदस्यदय आङबो र जबेगुले सडक अनुगमन गर्न पुगेका हुन ।
प्रदेस सरकार अन्तरगत पुर्वाधार विकास कार्यालय पाँचथरको ४५करोड ९०लाख रकमले त्यस सडक बनेको हो । सडक निर्माण गुरस्तर भएनभए बारेमा प्राबिधिक टोलि सहित स्थानीय जनप्रतिनिधिनहरुले अनुगमन गरीरहेको पुर्वाधार विकास कार्यालय पाँचथर प्रमुख शैलेन्द्र कुमार सिंले बताए ।

२०७९ साल चैत्र २१ गते सम्झौता भएको त्यस सडक २०८२ साल चैत्र २० सम्पन्न गर्ने सडक हो । खरीढुङगा गोल्मेधर जेभि निर्माण ब्यवसायीले सडक निर्माणको जिम्मा लिएको हो । जोखिम सडक सहज बन्यो तर सडक निर्माणमा स्थानीयले ताकेता गरेपछि अवलोकन गर्न सम्बन्धीत निकायमा अनुरोध गर्नु परेको पालिका अध्यक्ष बाबुराम खड्का बताउछन् ।

प्रकाशित : २२ चैत्र २०८२, सोमबार, ,