राजनिति

उज्यालो नेपाल पार्टी र परिवर्तन पार्टीको निर्वाचन अभियान



पाँचथर ।   उज्यालो नेपाल पार्टी नेता तथा समानुपातिक उमेदवार डा.महेन्द्रसुन्दर लावतीले अरु पार्टी भन्दा आफुहरु फरक पार्टी भएको चर्चा गरेको थिए । बोलिमा भन्दा ब्यवहार र आकारमा विस्वास गर्ने पार्टीको रुपमा उदय भएको ठोकुवा गर्नु भयो ।

डा.लावतीले पार्टीका अध्यक्ष कुलमान घिसिङले साधरण नागरिकसम्म सधैका लागि उज्यालो बनाएका जलविद्युुतका उदाहरण दिनुहुदै अरुपार्टी भन्न फरक धेरै बिषय र बिचारहरु रहेको बताए ।

पाँचथर फिदिममा ३गते आइतबार पत्रकार भेटघाटमा उज्यालो नेपाल पार्टी र परिवर्तन पार्टीको नेता तथा उमेदवारहरुले आगामि निर्वाचनको एजेण्डा र उमेदवारको बारेमा जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय उपाध्यक्ष राजेस पोर्तेलले जेन्जी आन्दोलनबाट उदय भएकोले नयाँ पार्टी र नयाँ विचार भएर राजनैतिक स्थापित गर्ने जानकारी दिए । फाल्गु २१ गतेको निर्वाचनले नया विचार र ब्यवहारमा विस्वास गर्ने भए बासुरी र चिम चिन्हमा मतदान गर्नेको चासो बढेको पनि जानकारी गरेका थिए ।

उज्यालो नेपाल पार्टी पाँचथरका प्रतिनिधि सभासदस्य उमेदवार टेकबहादुर सुब्बाले राजनैतिक झोले नभएर आफु विसुद्ध सामाजिक कार्यको पृष्ठभुमिबाट आएकोले आगामि दिनहरुमा सामाजिक कार्य गर्ने अठोर लिएर उमेदवार बनेको बताए ।

 

प्रकाशित : ३ फाल्गुन २०८२, सोमबार, ,