पाँचथर । प्रदेश स्तरीय प्रतियोगीतात्मक फोटो प्रर्दशनी सनीवार फिदिममा सुरु भएको छ । पर्यटन कार्यालय काकरभिट्टाको सहयोगमा तिम्बु पोखरी मिडिया एण्ड इभेन्टको आयोजना तथा फोटो पत्रकार महासंघ पाँचथरको सहआयोजनामा कोशी प्रदेश स्तरीय पर्यटन फोटो प्रर्दशनी सुरु भएको छ । फिदिम स्थीतविपि पार्कमा प्रर्दशनी आइतबारसम्म रहने आयोजकले जनाएको छ ।
फोटो प्रर्दशनी उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले सहित सरकारी, गैरसरकारी निकायका प्रमुख, प्रतिनिधि, पत्रकार सहितको उपस्थिति थियो ।
पर्यटन प्रर्वद्धनका लागि प्रदेसको अधिकांस. जिल्लामा रहेको महत्वपुर्ण धार्मिक, सास्कृतिक, ऐतिहासीक, प्राकृतिक र पर्यटकिय पुर्वाधारहरु रहेको पचास फोटो प्रर्दशन गरीएको छ ।











प्रतिक्रिया