पाँचथर । नेपालको उत्तरी चिन र दक्षिण भारत जोडने तमोर कोरीडोर फाष्ट ट्रयाक सडकमा कालोपत्रे धमाधन बन्दैछन् । त्यहि सडकमा पक्की पुलहरु पनि धमाधम बन्न थालेकाछन् । संघीय सरकारबाट पाँच अर्व ७६ करोड ८७ लाख रकमले १० मिटर चौडाईको १सय १२कोरीडोर कालोपत्रे सडकमा पर्ने एक दजर्नबढि बढि संख्यामा पुलपुलेसाहरु तिब्रगतिमा बन्दैछन् ।
धनकुटाको छर्रा खोलामा एकसय पचास मिटरको पक्की पुल १७ करोड २३ लाख ७९ हजारमा बन्दैछ । त्यसैगरी नावाखोला लगायत अन्य खोलाखोल्साहरु पनि तिब्रगतिमा पुलहरु बनाउदै गरेको निर्माण ब्यबसायिहरुको भनाइ छ ।
प्रदेसको गौरवको तमोर कोरीडोर फाष्ट ट्रयाक सडकमा पक्की पुलहरु बनेसंगै धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लाबासी लाभान्वीत हुने बताएकाछन् । २०७४ सालबाट ट्याक ओपन पुरा भएको त्यस सडकमा कालोपत्रै अन्तिम अवस्थामा पुगेको भने पुल तथा कजवेहरु बन्दैछन् ।
धनकुटा, पाँचथर र तेह्रुथुम हुदै ताप्लेजुङ जाने एकसय ४८ किलोमिटर तमोर कोरिडोर सडक भारतसंग बिराठनगरको जोगमुनी रानीभन्सारबाट ताप्लेजुङको ओलाङ्चुङ्गोलामा चिनको तिब्बत भन्सार जोड्ने जनाएकाछन् ।











प्रतिक्रिया