पाँचथर । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाँचथरका प्रतिनिधि सभासदस्य उमेदवार हर्कबहादुर नेम्बाङ (मिक्सो)ले गाउँघर पुग्ने क्रममा देखिएका अभाव समस्याहरु आफु बिजयी भए समाधान गर्ने बताएकाछन् ।
फिदिममा मंगलबार पत्रकार भेटघाटमा आगामि फाल्गुन २१ गते हुने प्रतिनिधि सभासदस्य उमेदवार नेम्बाङले मतदाताहरुसंग घरदैलोमा पुग्ने क्रममा अभावहरु सुनाउदा ब्यबस्था परिवर्तन भएर पनि अवस्था उस्तै रहेका चर्चा गर्नुभयो ।
जनताका लागि ब्यवस्था परिवर्तन गर्नेले अवस्था पनि परिवर्तन गर्ने नेपाली कम्युनिष्ट पार्टीबाट मात्र संभव हुने बताए । पाँचथमा आबस्यक ठुला तथा गौरवका आयोजनहरु संचालनमा गर्न आफु सक्षम रहेको दावि गरेकाछन् । जिल्लाको दक्षिण क्षेत्रहरुमा एकचरण घरदैलो गरिसक्नु भएका प्रतिनिधि सभासदस्य उमेदवार हर्कबहादुर नेम्बाङले आफुलाई मतदान गर्न नागरिक उत्साहित भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकारको जिज्ञासामा उमेदवार नेम्बाङले पाँचथर सहित ताप्लेजुङ र तेह्रथुम जिल्लालाई समेट्नेगरीको स्वास्थ्य तथा शिक्षाको शिक्षण केन्द्र र पर्यटन तथा सस्कृति हव बनाएर जिल्लाबासीको स्वरोजगार बनाउने योजनाहरु सुनाउनु भयो । सोहि अवसरमा ७६२ मेगावाटको तमोर जलाशाय संचालनमा प्रमुख भुमिका रहने भनाइ छ ।











प्रतिक्रिया