समाचार

जनहि पचास हजार रकमले ३ श्रष्टा सम्मान



पाँचथर ।  साहित्य क्षेत्रबाट समाजमा अतुलनीय योगदान पु¥याएका तिनजना साहित्यकारलाई आज फिदिममा सम्मान गरेको छ । जनहि पचास हजार राशि रहेको अम्मर नेम्बाङ लिम्बु पुरस्कार सातौ स्मृति दिवसको अवसरमा पाँचथरको फिदिममा साहित्यकारदय मलिसा याक्थुम्बा, दिपक साप्कोटा र देबेन्द्र सक्तेन सम्मानीत भएकाछन् ।

पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिकाको २०७४ सालमा प्रथम गाउँपालिका अध्यक्ष जननिर्वाचित भएका प्रखर साहित्यकार स्वर्गीग नेम्बाङको नाममा स्थापना गरीएको पुरस्कार हो ।  फाल्गुनन्द गाँउपालिकाले स्थापना गरेको पुरस्कार यसअघि साहित्यकार डाक्टर गोबिन्द्र भट्टराई, डाक्टर देबि दुलाल, मुनराज सेर्मा, वीर नेम्बाङ, विना थिङ, सारदा सुब्बा, श्रवण मुकारु, प्रेम ओझा, विमला तुम्बेवा, गिरिराज बास्कोटा, कृष्ण धारवासी र स्वपनील स्मृतिलाई  सम्मान गरीसकेको आयोजकले जनाएको छ ।

अम्मर नेम्बाङ लिम्बुले राजनैतिक, सामाजिक र साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उहाँको नाममा पुरस्कार कोष स्थापना गरी प्रत्येक बर्ष श्रष्टाहरुलाई सम्मान गर्दैआएको छ ।

अम्मर नेम्बाङ स्मृति दिवसको अवसरमा हालको अविरल बर्षामा ज्यान गुमाएका  २ जना र घरक्षती भएको चारजना परिवारहरुलाई जनहि दस हजारको दरले नगद राहत वितरण गरीएको छ । त्यसैगरी गरिव तथा जेहेनदार तिन जना बिद्यार्थीलाई छात्राबृद्धि रकम दसहजारका दरले वितरण गरेको संयोजक प्रकास थाम्सुहाङले जानकारी दिनुभयो ।

प्रकाशित : २६ माघ २०८२, सोमबार, ,