Uncategorized

विद्यालयको हीरक बर्षमा अवसरमा तिन सयबढिलाई सम्मान



पाँचथर ।  २००६ सालमा स्थापना भएको फिदिम माविले यतिबेला हीरक बर्ष बनाउदैछ । ७५ बर्ष पुगेको अवसरमा विद्यालयबाट अध्ययन गरेर उच्च  ओहदामा पुगेका तिन सयबढि ब्यत्तीहरुलाई सम्मान गरेको छ ।
 
ब्यवसायीक प्राबिधिक धारका सिभिल इन्जिनीयर, बिज्ञान, कम्प्युटर साइन्स लगायतको ६ ओटा विधामा अध्ययन गरेर बर्षेनि सयौ नागरिकले गुरस्तर शिक्षा पाउन सफल भएका छन् । बिद्यालयमा बर्षेनी बाइसय बढि बिद्यार्थी अध्ययनरत छन् ।
जिल्लाको जेठो विद्यालयको रुपमा फिदिम नगरपालिका वडा एक बजारमा स्थापना भएको फिदिम माविमा पुर्वका पाँचथर सहित ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लावासीलाई शिक्षणमा राहत पुगेको छ ।
त्यहि विद्यालयमा अध्ययन गर्ने एकदर्जन बढि सासद, आधा दर्जन बढि मन्त्री,  उच्चतहका कर्मचारी अर्थात सचिव, महाप्रबन्ध, निर्देसक, राजनैतिक दलका नेताहरु, समाजसेवी, कला तथा साहित्य क्षेत्रमा ब्यत्तीहरु सम्मानीत भएका हुन । विद्यालय स्थापना गर्ने ब्यवस्थापन समितिदेखि हालसम्मका ब्यवस्थापन समितिमा रहेर योगदान गर्ने समितिहरु र आर्थिक सहयोग गर्नेहरुलाई हीरक बर्षको अवसरमार सम्मान गरेको  विद्यालय प्रधानाध्यापक लक्ष्मी भण्डारीले जनाएको छ । 
हीरक बर्षको अवसरमा विद्यालयले लोगो समेत स्थापना गरेको छ । विद्यालयको हीरक बर्षको उद्घाटन कोशी प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले गरेको थिए । 

प्रकाशित : १४ माघ २०८२, बुधबार, ,