समाचार

पत्रकार सेर्मालाई उपचार रकम सहयोग



पाँचथर ।   कुम्मायक निवासी अग्रज पत्रकार कबिन्द्र र्समालाई विभिन्न संस्था र ब्यत्तिहरुबाट निरन्तर उपचार सहयोग रकम पाउदैआएको छ । विगत दुइबर्ष छमहिना अघिबाट क्यान्सर रोगको लक्षण देखा परेपछि पत्रकार सेर्मालाई पइतिस लाख बढि रकम सहयोग गरीसकेकाछन् । 
भत्तपुर क्यान्सर अस्पतालमा दुइबर्ष उपचार गरेका सेर्मा पछिल्लो समय भारतको नयाडिल्लीमा रहेको राजिवगान्धि क्यान्सर अस्पतालमा थप उपचार गरीरहेकाछन् । आर्थिक अभाव भएको पत्रकार सेर्मालाई मा
घ १२ गते सोमवार पाँचथर फिदिममा घुमन्ते सहयोग समुहबाट तिनलाख उनन्सत्तरी हजार रकम सहयोग हतान्तरण गरेको अभियान्ता शान्तिदेवी राईले बताए । 
प्राणघातक रोग क्यान्सर पिडित सेर्माले भत्तपुर क्यान्सर अस्पतालमा २२ केमो र ४० रेडियसन उपचार गरिसकेकाछन् । त्यस अस्पतालमा उपचार गर्दा २५लाख बढि रकम खर्च भइसकेको छ । ६महिनादेखि राजिबगान्धि अस्पताल नयादिल्लीमा थप उपचारका लागि २५ लाखसम्म खर्च गरीसकेको छ भने अव २५लाख रकम उपचारमा लाग्ने पत्रकार सेर्माले बताए । नयादिल्लीमा थप उपचार रिर्पोट अनुसार इम्न्युथेरापी र केमोबाट स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनको भनाइ छ । 
सेर्माले बिगत २०४५ सालबाट भित्ते पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए । २०५५ सालबाट नयाँकामना पत्रीको प्रतिनिधी भएपछि पत्रकारीता पेशामा सक्रियता बढेको थियो । त्यसैगरी पुर्वाञ्चल दैनिक, बिबेचना दैनिक, साँघु सास्ताहिक, नयासडक दैनिक, वातावरण साप्ताहिक, अन्र्नपुर्ण पोष्ट, समाचार पत्रमा काम गरेकाछन् । २०५८ सालमा रेडियो नेपाल रिर्पोटर भएर काम गरेका थिए । नेपाल १ टिभि, न्युज २४ टिभि, इमेज एफएम, सुम्हालुङ एफएम, इगल एफएम र पाँचथर एफएममा काम गरेका थिए । 
पत्रकार सेर्मा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर सस्थापक अध्यक्ष पनि हुन । नेपाल पत्रकार महासंघको कोषाध्यक्ष र पाँचथर एफएमका संचालन सेर्मा २०७९सालबाट क्यान्सर रोगसंग संर्घष गरिरहेकाछन् । 

प्रकाशित : १२ माघ २०८२, सोमबार, ,