कला । मनोरञ्जन

रैथाने खाना परिकार पर्व भब्य मनाए



पाँचथर ।   समुदायले रैथाने खानेकुरा परीकार बनाएर बिक्रि गर्ने पर्व मनाएकाछन् । माघ १ र २ गते पाँचथर फिदिम बजारमा दुइदिने रैथाने खानेकुरा पर्व बनाएका हुन । जिल्लामा रहेको लिम्बु, राई, तामाङ, मगर, नेवार, गुरुङ, सेर्पा लगायत आठ समुदायले आआफ्नो रैथाने खानेकुरा बनाएर प्रर्दशन तथा बिक्री गर्ने पर्व मनाएका हुन । आआफ्नै खानेकुरा परिकार बनाएर बिक्री गर्ने पर्वमा खानेकुरा बिक्री गर्न पाएकोको उनीहरु निक्कै आकर्षण र भब्य भएको खुशी ब्यक्त गरेकाछन् ।

माघि पर्वको अवसरमा नेपाल मगर संघ पाँचथरले रैथाने खानेकुराको परीकार बिक्रि गर्ने पर्व आयोजना गरेको हो । परापुर्वकालमा समुदायले खानेकुरा बनाइ खाएर जिवन जिउने गरेको परिकारहरु राखिएका छन् । मनोरञ्जनले रैथानेपन हराएको भन्दै यसबर्ष खानाको परिकार पर्व आयोजना गरेको आयोजक सस्थाका अध्यक्ष यौवन थापा मगरले बताए ।

सबै समुदायको सास्कृति र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न खाना परिकार पर्व मनाउन फिदिम नगरपालिकाले रकम सहयोग गरेको छ । पर्यटकिय पुर्वाधारसंगै अन्य आयमुलक पर्यटन कार्यक्रमहरु प्रयाप्त संचालन गरे नगरबासीले पर्यटनबाट रोजगारको थलो बनाउन सफल हुनेक्रम बढ्दो रहेको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए ।

खाना पर्वमा अन्न, फलफुल, विभन्न वस्तुबाट बनेको दर्जनो परिकार बनाएकाछन् । अन्य स्थानीय उत्पादन वस्तु र उहिले पर्खाहरुले जिवनयापन गर्ने क्रममा प्रयोग गरेको तर पछिल्लो समय प्रयोगमा आउन छोडेर लोप हुन थालेका घरायसी सामानहरु समेत प्रर्दसन गरीएर पर्व थप अवलोकनमय बनाएको रैथाने खाना पर्वमा पुगेकाहरु बताउछन् ।
सोहि अवसरमा रैथाने कला सस्कृति र बिभिन्न झाकीहरु प्रस्तुत गरेर पर्वलाई थप रोचक र आकर्षण बनेको थियो ।

प्रकाशित : २ माघ २०८२, शुक्रबार, ,