Uncategorized

बाह्रबर्षदेखि किरात पात्रो प्रयोग



पाँचथर ।   किरातको नयाँ साल ५०८६बर्ष प्रबेस गरेको अवसरमा पात्रो सार्वजनिक गरेकाछन् । बिगत बाह्रबर्षदेखि निरन्तर आफ्नौ अस्तित्वको पात्रो बनाएर प्रयोगमा ल्याउर्दैआएका छन्। किरात पात्रो नेपालमै पाँचथर जिल्लाबाट २०७० सालमा पहिलो पटक आफ्नैभाषा लिपि र गतेहरु बनाए पात्रो प्रकाशन हुदैआएको छ। पाँचथर फिदिममा १२ औ अंकका रुपमा प्रकाशन गरेको किरात पात्रो लोकापण भएको थियो । 

धौलागीरीलाई केन्द्र बिन्दु मानेर नेपाल संबत नेपाली पात्रो बनाएको छ । किरात पात्रो फक्ताङलुङ अर्थात कुम्भकर्ण देशान्तर बनाएर पात्रौ बनेको हो । नेपालीको स्टेण्डर समय अनुसार येले इस्टेण्डर समय एक मिनेट दस सेकेण्ड अघिको समय रहेको छ । यसबर्ष पुन पाँचथर फेदेन सुम्हालुङ गढीलाई देशान्तर बनाएर किरात पात्रो प्रकाशन गरेको पात्रो सम्पादक हरीचन्द्र लावतीले बताए ।

इजायलको जेरु सलामबाट जिससक्राइसको सम्झनामा इस्बीत संबत सुरु भएको थियो । भारतको शासक अर्थात राजा बिक्रमा दुतियको सम्झनामा नेपालको बिक्रम संबत पात्रो लागु भएको पाइन्छ । भने महाभारतमा बर्णित यलम्बरको सम्झनामा लिम्बु तथा किरात समुदायले यिन्जीरी येले माघ महिनाको एक गतेबाट प्राय गरी बर्ष सुरु हुने गरेको थियो । यसबर्ष भने पुष ३०गते येलेतङबे नयाबर्ष सुरु भएको छ । पात्रोमा लिम्बुले येले तङबे र राईले येलेदोङ किरात पात्रो प्रयोगमा ल्याएका पाइन्छ ।

पात्रोमा सुर्यको तापको कारण मौषम र वातावरणिय परिवर्तनको आधार छ । पात्रोमा रितु, बार, महिना र गते छुट्टै निर्धारण गरीएको पात्रो सम्पादक लावतीको भनाइ छ ।

पात्रो सम्पादक सदस्य तथा प्रकाशक राजेन्द्र कुमार जबेगुले येलेतङबेको दिन राई र लिम्बुको महत्वपुर्ण चाडका रुपमा मनाउने गरेकाछन् । नवबर्ष सुरु भएको अवसरमा मेला, पर्व, शुभकार्यहरुसंगै ऐतिहासिक स्थल, खोला, नदि किनार र तालतलाउमा प्रकृति पुजा गरेर भब्य मनाउने गरेको प्रकाशक जबेगुले बताए ।

अर्का सम्पादक सदस्य प्रज्ञा दिलेन्द्र कुमार सुब्बले पात्रो प्रयोगमा प्रचारप्रसार गर्नु पर्ने बताए । पात्रो निर्माण स्थानीय भाषालिपिसंगै अंग्रेजी र नेपाली भाषामा लेखेर सबैका लागि पात्रो ब्यबहारीक प्रयोगमा ल्याउन सजिलो बने पनि सरोकारवालाहरुले पात्रोलाई ध्यान नदिएर नेपाली पात्रो र अग्रेजी पात्रोको जानकारी हुदा किरात पात्रो ब्यबहारीक बनाउने अभियान सुरु गर्न आग्रह गरेका थिए ।

पात्रो विमोचन कार्यक्रममा आगामि दिनहरुमा पात्रोको उपयोगि र प्रभावको बारेमा वृहत छलफल गर्ने तयारी भइरहेको बताए ।

 

प्रकाशित : २९ पुस २०८२, बुधबार, ,