राजनिति

पाँचथरबाट प्रतिनिधिसभा सदस्य उमेदवार सिफारीस धमाधम



पाँचथर ।   निर्वाचन नजिकिरहेको बेला पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवार सिफारीस धमाधम भइरहेकाछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका अधिकांस पार्टीले एकल उमेदवार सिफारीस गरेकाछत् । नेपाली काग्रेस पार्टी र नेकपा एमाले पार्टीले एकल उमेदवारी सिफारीस गर्न सकेन ।

नेपाली कम्युनिष्ट पार्टीले फिदिम १३ लुङरुपा निबासी पार्टी प्रदेस अध्यक्ष हर्कबहादुर नेम्बाङलार्र्इ एकल सिफारीस गरेको पार्टी जिल्ला संयोजक विसाल रसाइलीले बताए । राष्ट्रिय परिवर्तन पार्टीले पाटी जिल्ला अध्यक्ष हिलिहाङ सात भारापा निबासी पार्टी जिल्ला अध्यक्ष टेकबहादुर लिम्बूलाई सिफारीस गरेको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी फिदिम १० याङनाम निबासी नेता महेन्द्र थाम्सुहाङको नाम सिफारीस भएको पार्टी अध्यक्ष प्रकाश गुरुङको भनाइ छ । श्रम संस्कृति पार्टीले पहिचानवादी नेता कुम्मायक गाउँपालिका–२, माङ्जाबुङ निवासी प्रबिण शेर्मालाई सिफारीस गरेको छ ।

नेपाली कांग्रेस पार्टीले फाल्गुनन्द १ नवमिडाडा निबासी पार्टीका केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्वे सहित ८ जना प्रत्यासी उमेद्धार छन् । सहमहामन्त्री भिष्मराजसंगै फालेलुङ ७ सिदिन निबासी निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, फिदिम १० याङनाम निबासी वर्तमान सभापति रुपनारायण जवेगू, तुम्वेवा गाउँपालिका मौवा निवासी होम थापा, फिदिम ८ रानीटार निबासी महाधिवेशन प्रतिनिधि कौशिला गुरुङ, हिलिहा ७ भारापा निबासी पूर्व उपसभापति जयप्रसाद रिजाल, फाल्गुनन्द ३ पौवासारताप निबासी युवा नेता धर्मेन्द्र विक्रम नेम्वाङ र फिदिम १३ लुङरुपा निवासी समाजसेवी सूर्य नेम्वाङको नाम सिफारिस गरेका हुन ।

नेकपा एमाले पार्टीले पनि सातजनाको नाम सिफारीस गरेको छ । फालेलुङ ८ निवासी पार्टीका केन्द्रीय सल्लाहाकार श्रीप्रसाद जबेगु, फाल्गुनन्द २ इम्बुङ निबासी पार्टी केन्द्रीय सदस्य आइन्द्र सुन्दर नेम्बङ, फिदिम ८ निबासी पार्टी केन्द्रीय सदस्य आसारत्न जबेगु, फिदिम १ निबासी पार्टी प्रदेस सचिव राजकुमार भण्डारी, फाल्गुनन्द १ नवमीडाडा निबासी पार्टीका केन्द्रीय निर्वाचन समिति सदस्य कृष्णराज आङदेम्बे, अधिबक्ता खगेन्द्र बाँस्कोटा र अधिबक्ता जेपि केरुङको नाम सिफारीस गरेको पार्टी जिल्ला सचिव पृवी लावतीले बताए ।

राप्रपा, जसपा लगायत पहिचानवादी पार्टीेहरु भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उमेदवार सार्वजनिक गर्न सकेका छैनन् ।

प्रकाशित : २७ पुस २०८२, सोमबार, ,