पर्यटन

राष्ट्रिय बिभुतीको तपोभुमि र समाधि स्थल आकर्षण बन्दै



पाँचथर ।  १६औं राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको तपोभुमि लबे्रकुटी र समाधि स्थल सिलौटी हो । तिनै तहको सरकारबाट बिगत दस बर्षदेखि रकम विनियोजन गरेर पुर्वाधार निर्माणीन अवस्थामा छन् । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र एवं प्राकृतिक पर्यटकिय स्थल पनि हुन ।

पाँचथर फिदिम नगरपालिकाको नम्बर वार्ड ३, ५ र ६ को संगम स्थलमा लब्रेकुटी पर्दछ । फिदिम ३ वार्ड र फाल्गुनन्द गाउँपालिकाको २ र ३ वार्डको संगम स्थानमा नाम्फुन्यक सिलौटी छ ।
प्रदेस सरकारले १९ करोडको बहुबर्षिय योजन विगत चारबर्षदेखि संचालन गरीरहेको छ । फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाले पनि हरेक बर्ष रकम विनियोजन गरेर आकर्षण पुर्वाधारहरु निर्माण गरेर जिल्लाको प्रमुख प्रर्यटकिय स्थल बनेको फिदिम ३ नम्बर वडाध्यक्ष नरेन्द्र गुरुङको भनाइ छ ।

सरकारको लगानीमा सहज सडक, आकर्षण पार्क, प्रतिक्षालय, पदमार्ग र आवास भवनहरु बनेकाछन् । त्यस स्थानमा कार्तिक २५ गते राष्ट्रिय बिभुतीको जन्मोत्सव र बैशाख २४ गते समाज सुधारक दिवस भब्य मनाउने गरेकाछन् । किरात धर्मावलम्वीहरु, अवलोक एवं अन्वेषकहरु त्यस स्थानमा घुइचो लाग्ने गरेको लब्रेकुटी संरक्षककर्ता सुबास तुम्बापोको भनाइ छ ।

त्यहि वडाबाट आखै अगाडी देखिने कुम्भकर्ण र कन्चनजंगा लगायत आधा दर्जन सुन्दर हिमश्रृखलाहरु देख्न सकिन्छ । नेपालको आधा दर्जनबढि जिल्लाहरुको मनमोहक दृश्यवलोकन गर्न सकिन्छ । समुद्र सतहबाट २१ सय मिटरदेखि २९ सय मिटर उचाइमा रहेको छ राष्ट्रिय बिभुतीको तपोभुमि र कर्मथाले लब्रेकुटी हो । तपोभुमि र समाधि स्थल सिलौटी यतिबेला सुन्दर बनेर अवलोकन गर्ने तथा अन्वेषकहरु पुग्ने गरेकाछन् ।

प्रकाशित : २१ पुस २०८२, मंगलबार, ,