राजनिति

सहमति गरेको दुइदिन नबित्दै उज्यालो नेपाल पार्टी नेता विच विमती चुलिन्दै



पाँचथर ।    राष्ट्रिय स्वतन्त्र पार्टीसंगको सहमति भएको २४ घण्टा बित्न नपाउँदै एकतता संकट देखिएको छ। सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी समाहित भएको थियोे । पहिचान पक्षधरका नेताहरुले असहमतिपछि उज्यालो नेपाल पार्टीलाई कुलमान घिसिङ यतिबेला अन्योलमा परेकाछन् । बैठक नगरी राष्ट्रिय स्वतन्त्र पार्टीमा दोस्रो वरीयता लिएर उज्यालो नेपाल पार्टि गाँभेको भन्दै बिरोध हुन थालेकोछ ।

महामन्त्री पदमा लिखित प्रतिबद्धता नभइ मौखिक भएको थियो । पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरूले घिसिङलाई महामन्त्री पद नदिने सक्ने संकेत गरे पछि घिसिङ झन अन्योल भएको हो । उज्यालो नेपालका लागि १८ जना समानुपातिकको बन्द सूचीमा रहने सहमति थियो तर मंगलबार १५ जनाको मात्रै सूची सार्वजनिक भएर थप संकट उत्पन्न एरपछि कुलमानलाई नैतिक पैस्न उठन थालेको छ ।

पहिचानवादीको चर्कोे असहमतिपछि उज्यालो नेपाल पार्टीको काठमाण्डौमा बुधाबार बैठक बसेको छ । आज विहीबार रिर्पोटिङ हुदैछ । पुष १८ गते पार्टीको प्रदेस अध्यक्षहरुको बैठक काठमाण्डौमा बस्ने तयारी भइरहेको पार्टी प्रदेस एक अध्यक्ष एबिराज आङदेम्बेले बताए ।

पार्टीमा सहमति बिना घिसिङले एकलौटी एकता गरेकोप्रति पहिचानवादी नेताहरु असन्तुष् र थप आक्रोसित भएकापछि चरणबद्ध बैठक सुरु गरेको प्रदेस एक अध्यक्ष आङदेम्बेको भनाइ छ । डाक्टर महेन्द्र लावतीले नैतिक रुपमा पार्टी एकत अस्विकार गरीसकेकाछन् । त्यसैगरी डकेन्द्र थेगिम र सरस्वती लिम्बु सरु लगायतका दर्जनौ पहिचानवादी नेताहरु कुलमानको एकल कदमको विपक्षमा उभिएको जनाएकाछन् ।

नेता डा.लावतीको खुल्ला असहमती
डा.महेन्द्रसुन्दर लावतीले एकता भएको विषय आफूहरूले औपचारिक रूपमा जानकारी नपाएको बताए। उनले भने, पार्टीका तर्फबाट कुनै छलफल वा परामर्श भएको थिएन। लावतीका अनुसार उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले एकता र आगामी चुनावी एजेन्डाबारे आफूहरूलाई स्पष्ट जानकारी नदिएको गुनासो छ।

लावतीले गणतन्त्र, धर्मनिरपेक्ष राज्य, संघीयता र समानुपातिक प्रतिनिधित्व आफूहरूको ‘बटमलाइन’ भएको तर रवि लामिछाने र बालेन शाहबीच सार्वजनिक गरिएको ७ बुँदे सहमतिमा यी आधारभूत विषयहरू उल्लेख नभएकाले आफूहरू सन्तुष्ट नभएको भनाइ छ। पहिचानवादी नेताले गणतन्त्र, धर्म निरपेक्ष राज्य, संघियता र समानुपातिकता हाम्रो बटमलाइन हो र बहुसास्कृतिकतवाद अटाउन नसक्ने पार्टीसंग संगै रहन नसक्ने जनाएकाछन् । 

उज्यालो नेपाल पार्टीका नेता महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपांले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा आफ्नो नाम समावेश गरिएकोप्रति औपचारिक असहमति जनाएका छन्। रास्वपाले बुझाएको सूचीमा लावतीको नाम आदिवासी जनजाति पुरुष क्लस्टरअन्तर्गत १२औँ नम्बरमा राखिएको छ ।

 

 

प्रकाशित : १५ पुस २०८२, बुधबार, ,