पाँचथर । मिक्लाजुङ गाउँपालिका रविको माङमालुङ चिया बगानमा रहेको खेलमैदानमा मंसिर २७ गते सनिवारदेखि वडा स्तरीय फुटबल रनिङसिल सुरु भएको छ । विगत २०७५ सालबाट सुरु भएको फुटबल रनिङसिलको पुरुषतर्फ आठौ र महिलातर्फ सातौ खेल भइरहेको छ ।
पुष ४ गते सम्पन्न हुने रनिङसिल फुटबलको पुरुष तथा महिला तर्फका बिजेताले चालिस हजार र उपबिजेताले पच्चीस हजार नगद टफि र मेडल पाउने पालिका खेलकुद विकास समिति सचिव मदन राईले बताए ।
खेलको उद्घाटन पालिका अध्यक्ष अमरराज माखिमले गरेका थिए । पालिकाले १२ लाख र आठवटै वडाका १६ लाख गरी हरेक बर्ष ३० लाख रकम बिनियोजन भएर खेल आयोजना हुने गरेको छ । फुटबल रनिङसिलको लागि पालिकाले भने चारलाख दिदै आएको छ । प्रत्येक वडाले आवास, यातयात तथा खेल पोशाक खेलाडीहरुलाई दिदैआएको पालिका अध्यक्ष माखिमले बताए ।











प्रतिक्रिया