शिक्षा

विकट स्थानका बालबालिकालाई शैक्षिक सामग्री र पोशाक



पाँचथर जिल्लाको उच्च स्थानमा रहेको बिद्यालयमा आर्थिक अभाव भएका बालबालीकालाई शैक्षिक सामग्री र पोशाक वितरण गरेकाछन् । विकट स्थानमा अध्ययन गर्ने पोशाक र कपीपेन्सील समेत किन्न सक्ने अवस्था नभएका बालबालीकालाइ उत्साहित गराउन सामग्री उपलब्ध गरेकाछन् ।

मंसिर २४ गते बुधबार फिदिम १३ नम्बर वडाको   बिकट स्थान जरिङ्गेमा रहेको सिंहसिद्ध माध्यमिक विद्यालयका एकसय दस जना वालकालीकालाई सैक्षिक मामग्री उपलब्ध गराएको हो । अबिभावक नभएका १८ जना वालकालीकालाई  बिद्यालयको पोशाक पाएपछि  खुशी भएकाछन् ।

हाम्रो साहारा नेपाल संस्थाले पोशाक र मेची बुक एण्ड स्टेसनरी फिदिमले शैक्षिक सामग्री सहयोग गरेको समाजसेवी गजेन्द्र राई बताए । विद्यालयको प्रथम ऐतिहासीक बार्षिक उत्सवको अवसरमा फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आथित्यमा वितरण भएको हो

प्रकाशित : २५ मंसिर २०८२, बिहिबार, ,